Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अर्थतन्त्र अझै पनि सकस र दबाबमा छ: अर्थमन्त्री पौडेल


१०, माघ २०८१
  • 111
    SHARES
  • अर्थतन्त्र अझै पनि सकस  र दबाबमा  छ: अर्थमन्त्री  पौडेल

     काठमाडौं, १० माघ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले लामो समयदेखि दबाबमा रहेको अर्थतन्त्रले अझै पनि सकस भोगिरहेको बताएका छन् । राष्ट्रिय वाणिज्य बैंकको ६०औं वार्षिकोत्सब कार्यक्रमका प्रमुख अतिथिको रूपमा बोल्दै उनले देशको अर्थतन्त्र अझै पनि दबाबमा रहेको बताएका हुन् ।

    ‘अर्थतन्त्र दबाबमै छ, यसलाई चिर्दै अगाडि बढिरहेका छौं, त्यसमा केही सफलता पनि मिलेको छ । हामी पनि त्यसमा हामी सन्तुष्ट छैनौं, कामको रफ्तार अझै बढाउनु पर्नेछ,’ उनले भने । यो सरकार काम गर्नका लागि बनेको उनको दावी छ । 

    ‘अर्थतन्त्रमा देखिएको समस्याहरू समाधान गर्दै जानेछ । सरकार दिन गनेर बस्दैन, काम गर्नेछ । निराशालाई आशामा बदल्नेछ । देश छोडेर जाने वातावरण हटाउन खोजिरका छौं’, उनले भने ।

    अर्थतन्त्र दबाबमा रहेको बताउँदै पौडेलले भने, ‘हाम्रो मुलुकको अर्थतन्त्र दबाबमा रहँदै आएको छ । यस दबाबलाई चिर्दै अगाडि बढिरहेका छौं । अझै सुधारका काम अगाडि बढाउँछौं ।’


    संकट र चुनौतीहरूलाई पार गर्दै बैंक यहाँसम्म आइपुगेको उनले बताए । आगामी दिनमा सेवाको हिसाबले अरु बैंकहरूलाई उछिन्न समेत अर्थमन्त्री पौडेलले निर्देशन समेत दिए । बैंकको उन्नति र प्रगतिका लागि साझा उद्देश्य राख्न समेत उनले आग्रह गरे ।

    बैंकमा रहेको पर्याप्तता तरलतालाई उत्पादन तथा रोजगारी सिर्जनामा लगानी गर्न जोड दिँदै उनले अतिरिक्त काम गरेर अब्बल बैंक बनाउन कर्मचारीहरूलाई आग्रह गरे । यसले बैकप्रति जनताको विश्वास बढ्ने बताए । 

     

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend