काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारबिरुद्धको जनसंघर्षलाई शसक्त बनाउने जनाएको छ । शुक्रबारबाट काठमाडौंमा सुरु राप्रपा केन्द्रीय कार्यसमितिको बैठकले बिभिन्न माग राख्दै पार्टीले गरिरहेको आन्दोलन र जनसंघर्षलाई ठोस स्वरुप दिएर शसक्त बनाउने अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिनुभयो।
बैठकमा सरकारको कार्यशैलीको समिक्षा, पार्टीका आगामी रणनीति, प्रतिपक्षको भुमिका र अन्य सहकार्य लगायतका विषयमा समेत छलफल अध्यक्ष लिङ्देनले बताउनुभयो । कांग्रेस–एमालेजस्ता ठूला दल मिलेर बनेको सरकारले जनतामा आशा जगाउन नसकेको, निराशा पैदा भएको र अर्थतन्त्र समेत शिथिल हुदै गएको लिङ्देनले बताउनुभयो ।
उहाले सरकारले प्रजातन्त्रलाईसमेत कमजोर बनाउने गरि संसदलाईछलेर अध्यादेशमार्फत मुलुक सञ्चालन गर्नेपरिस्थीतिमा समेतबैठकमा समिक्षा हुने अध्यक्ष लिङ्देनले उल्लेख गर्नुभयो ।
त्यस्तै पार्टीको जिल्ला अधिवेशनको समिक्षा गर्दै तीव्रता दिन आवश्यक निर्देशन समेत बैठकले दिने राप्रपाले जनाएको छ ।