Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एमाले र कांग्रेस मिलेर सरकार बनाउँदा कसरी अप्राकृतिक भयो ? पोख्रेल


१२, माघ २०८१
  • 128
    SHARES
  • एमाले र कांग्रेस मिलेर सरकार बनाउँदा कसरी अप्राकृतिक भयो ? पोख्रेल

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले संसद्का दुई ठूला दलहरु नेकपा एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनाउँदा कसरी अप्राकृतिक भयो ? भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रश्न गरेका छन् ।

    शनिबार काठमाडौंमा आयोजित एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोख्रेलले २७५ सदस्यीय सदनमा ३२ सीटे दलले सत्ताको नेतृत्व गर्दा प्रकृतिक हुने र जनताले रोजेका दलले सरकार बनाउँदा अप्राकृतिक हुने भन्ने प्रचण्डको तर्क बेतुकको रहेको जिकिर गरे ।

    ‘२७५ सीट भएको संसदमा ३२ सीट भएको माओवादी सत्तामा हुँदा चाहिँ प्राकृतिक हुने, जनताले रोजेका पार्टीहरुले सरकारको नेतृत्व गर्दा चाहिँ अप्राकृतिक हुन्छ रु त्यो सत्ता गुमाउँदाको छटपटीबाहेक केही होइन । आज प्रचण्ड सत्ता गुमाएको छटपटीबाट विचलित भएका छन्’ उनले भने ।

    फरक प्रसंगमा महासचिव पोख्रेलले तत्कालीन नेकपाको कार्यकालमा केपी ओली प्रधानमन्त्री हुँदा इतिहासमै पहिलो पटक नेपाल विश्वका सबैभन्दा धेरै जीडीपी हुने मुलुकको दशौं स्थानमा उक्लिएको दाबी गरे । ‘कमरेड ओलीले नेतृत्व गरेपछि यो मुलुकको जीडीपी लगातार तीन वर्ष ६ प्रतिशत भन्दा माथि थियो । यो भनेको विश्वको दशौं आर्थिक वद्धिदर हासील भएको मुकुलमा पुगेको थियो । तर, त्यहीबेला नेकपामा अन्तरविरोध भयो । र त्यो क्रमले निरन्तरता पाउन सकेन’ उनले भने ।

    महासचिव पोख्रेलले हालै सरकारले ल्याएका अध्यादेशको बचाउसमेत गरेका छन् । उनले संविधानले दिएको अधिकारलाई प्रयोग गरेर अध्यादेश ल्याईएको भन्दै अध्यादेशको विरोध गर्नुको कुनै तुक नरहेको बताए ।

    ‘संविधानले दिएको अधिकार प्रयोग गर्दा विरोध गर्नेहरु विकास विरोधी हुन् । अहिले ल्याएको अध्यादेश कुनै स्वार्थको लागि ल्याईएको होइन् । विकास र समृद्धिका लागि ल्याईएको हो । नेपालमा जारी गरिएको अध्यादेश राष्ट्रपति बाटजारी हुनुपर्छ । सदन खुलेपछि सदनमा पेश गरेर छलफल गुर्नपर्नेछ । यो सच्चाईलाई हामीले बुझ्न सक्नुपर्दछ । तर,के के न भएजसरी हाम्रो पार्टीमाथि चौतर्फी प्रहरा गरिँदैछ । केपी ओली माथिको प्रहार हामीलाई स्वीकार छैन् । यो कुरा युवाले पनि अब बुझ्नुपर्छ । युवाले पनि भन्न सक्नुपर्छ’ उनले भने ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend