Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अध्यादेशको सदनमा एकढिक्का भएर प्रतिरक्षा गर्ने कांग्रेसको निर्णय


१२, माघ २०८१
  • 258
    SHARES
  • अध्यादेशको सदनमा एकढिक्का भएर प्रतिरक्षा गर्ने कांग्रेसको निर्णय

    काठमाडौं । नेपाली कांग्रेसले सरकारले ल्याएको अध्यादेशको सदनमा एकढिक्का भएर प्रतिरक्षा गर्ने निर्णय गरेको छ । सिंहदरबारमा शनिबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी सहित सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरुसहितको बैठकले अध्यादेशका बारेका आफ्ना सांसदहरुसंग सघनरुपमा छलफल गरेर सदनमा एकढिक्का भएर प्रतिरक्षा गर्ने निर्णय गरेको हो ।

    बैठकमा कांग्रेसका तर्फबाट मन्त्री भएकाहरुले मुलुकलाई सुशासनका साथै आर्थिक गतिविधिलाई चलायमान बनाउन सरकारले अध्यादेश ल्याएको जानकारी गराएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । उहाले अध्यादेशका बारेमा संसदीय दलको बैठकबाट समान धारणा बनाउने र संसदमा त्यही अनुसार प्रस्तुत हुने बताउनुभयो ।

    त्यस्तै बैठकमा सरकारको कामका बारेमा समेत मन्त्रीहरुले जानकारी गराएका थिए । प्रवक्ता महतले बिचाराधिन विधेयकहरुलाई छिटो अघि बढाएर संसदको आगामी बैठकबाट पारित गर्ने गरि छलफल गर्ने बताउनुभयो । उहाले संविधान संशोधन बिषयलाई छिटो अघि बढाउनका लागि सरकारी तहमा संयन्त्र नै गठन गरे अघि बढ्ने जानकारी आएको उल्लेख गर्नुभयो । 

    बैठकमा कांग्रेस सभापति शेर बहादुुर देउवाले सरकारमा गएका मन्त्रीहरुलाई केही समस्या भए पार्टीमा कुरा राख्न निर्देशन दिनुभएको थियो । अध्यादेश लगायतका बिषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक आइतबार बस्दैछ ।  

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend