Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सहकारीको समस्या समाधानमा सरकार प्रतिबद्ध छ : उपमहासचिव ज्ञवाली


१५, माघ २०८१
  • 221
    SHARES
  • सहकारीको समस्या समाधानमा सरकार प्रतिबद्ध छ : उपमहासचिव ज्ञवाली

    गुल्मी । नेकपा (एमाले) का केन्द्रीय उपमहासचिव प्रदिप ज्ञवालीले सहकारीको समस्या समाधानका लागि वर्तमान गठबन्धन सरकार लागेको बताउनुभएको छ।

    तम्घासमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सहकारी क्षेत्रको बेथितिलाई अन्त्य गर्न चार वटा लेयरबाट वर्तमान सरकारले काम गरिरहेको बताउनुभएको हो। 

    उपमहासचिव ज्ञवालीले पीडितहरुको रकम फिर्ता राउन सरकार दृढतापूर्वक लागिरहेको भन्दै बचतकर्ताहरुको रकम हिनामिना गर्ने नाममा संलग्न जो सुकै भएपनि वर्तमान सरकारले निर्ममतापूर्वक कानुनी कारबाही अगाडी बढाएको बताउनुभयो।

    सरकारले ल्याएको अध्यादेशले अधिकार सम्पन्न सहकारी प्राधिकरण गठन गरेको भन्दै उहाँले सहकारी क्षेत्रका कामहरुलाई रेबुलेसन गर्ने र नियामक निकाय नभएको अवस्थामा भोलीका दिनमा त्यसो नहोस भन्नका लागि बचत सुरक्षण कोष निर्माण गरी बचत रकम फसेमा सोधभर्ना गर्न सक्ने गरी लागेको बताउनुभयो। 

    त्यस्तै, देशलाई निकास दिने गरी वर्तमान गठबन्धनको सरकार बनेको भन्दै उहाँले देशलाई अस्थिरता हुनबाट जोगाउनुका साथै सुशासन कायम गर्न वर्तमान सरकारले काम गरिरहेको बताउनुभयो। अहिले देशका दुई ठुला राजनीतिक दल नेपाली काँग्रेस र नेकपा (एमाले) मिलेर बनेको गठबन्धनको सरकाले मुलुकको अस्थिर राजनैतिक व्यवस्था र अर्थतन्त्रलाई गति दिने गरी काम गरेको दाबी गर्नुभयो। 

    वर्तमान सरकारको उपस्थितिले विकास निर्माणका कामले गति लिएको बताउनुभयो। जनतालाई छिटो छरितो सेवा प्रवाह र देशमै लगानीको वातावरण सिर्जनाका लागि वर्तमान सरकारले अध्यादेश ल्याएको बताउनुभयो।

    अस्थिरतामा रमाइरहेकाले अहिलेको सरकार ढल्छ भनेर जनतालाई दिग्भ्रमित पार्ने काम गरिरहेको भन्दै उहाँले वर्तमान गठबन्धन सरकार देशमा अस्थिरता आउने गतिविधि हुन नदिने गरी लागेको बताउनुभयो। 

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend