भैरहवा । नेपाली कांग्रेस जिल्ला कार्य समिती रुपन्देहीले एक सय दिने बिशेष राष्टिय अभियान समापन तथा प्रतिनिधी सम्मान कार्यक्रम बिहीबार एक कार्यक्रमका बिच नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व गृहमन्त्री बालकृष्ण खांणको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
नेपाली कांग्रेसको एक सय दिने बिशेष राष्टिय अभियान समापन कार्यक्रममा बोल्दै नेता खांणले नेपाली कांग्रेसको बारेमा हुने टिकाटिप्पणीलाई उत्साहमा बदल्दै लैजानुपर्नेमा जोड़ दिनुभयो । उहाले नेपाली कांग्रेस जिवन्त,गतिशील र जनताको भरोसाको पार्टी भएकोले टिकाटिप्पणी आउनु स्वभाबिक भएको भन्दै जसको भबिष्य छैन जो जिवन्त छैन त्यसको बारेमा टिकाटिपप्णी नहुने जिकिर गर्नुभयो । नेता खाँणले नेपाली कांग्रेस पार्टीको बिकल्पमा अरु पार्टी नभएको बताउदै कांग्रेस असफल भए देश र संबिधान नै असफल हुने ठोकुवा गर्नुभयो । उहाले भन्नु भयो राष्टियताको सम्ंवद्र्धन र सुदृकरणका लागी पनि नेपाली कांग्रेसलाई सफल बनाउनु परेको बताउनु भयो । यसको लागि कांग्रेसका कार्यकर्ताले नै बलियो बनाउने उल्लेख गर्नुभयो ।
नेपाली कांग्रेसको केन्द्रिय सदस्य समेत रहनु भएको खांणले लुम्बिनी देखि मुक्तिनाथ सम्मको यात्रालाई सहज गराउने कामका लागी राज्य गम्भिर हुन आवश्यक रहेको बताउदै यसको लागी आफुले लुम्बिनी र गण्डकी सरकारलाई पटक पटक आग्रह गर्दै आएको समेत बताउनु भयो ।
उहाले नेपालमा भएका सम्भावनाहरुलाई अगाडी बढाउनु पर्ने बताउनु भएको छ । उहाले नेपालको भएको बिबिधतालाई उपयोग गर्नका लागी अन्तराष्टिय स्तरका बिद्यालय तथा कलेजहरु खोली सुविधा दिन सके मात्र नेपालमा थप बिकासका बाटोहरु खुल्नुको साथै देशबाट बाहिरिने योग्य जनशक्ति नेपालमै रोक्न सक्ने दाबी गर्नु भयो ।
कार्यक्रमा नेपाली कांग्रेस जिल्ला कार्यसमिती रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खांणले नेपाली कांग्रेसले समुदाय स्तरमा उदाहरणीय कार्य गर्दै आएको बताउनु भएको छ ।
उहाले नेपाली कांग्रेसको निर्देशन अनुसार नै जिल्लामा बिभिन्न कार्यक्रमहरु गर्दै आएकोले युवाहरुलाई कसरी जोडन सकिन्छ त्यसतर्फ केन्द्रित भएर काम गर्दै आएको उल्लेख गर्नु भयो । उहाले नेपाली कांग्रेसमा संगठन बनाउन देखि लिएर अझै पनि धेरै काम गर्न बाकी रहेकोले छिटटै नै रुपन्देहीमा नेपाल महिला संघ गठन गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सुदुर पश्चिम प्रदेश योजना आयोगका उपाध्यक्ष एवम रुपन्देहीका लागी केन्द्रिय प्रतिनिधी डा. जिवन रानाले बोल्दै महिला संघको क्रियासिल सदस्यता बितरण गर्न आग्रह गर्नु भएको छ ।
उहाले महिलाहरुलाई पार्टीमा निरन्तरता र धैर्यता दिन जोड दिनुभयो । उहाले धैर्यता र निरन्तरता दिन नसक्नेले राजनिती गर्नै नसक्ने दाबी गर्नू भयो । उहाले पदको लागी मात्र राजनितीमा आउनेहरु सफल हुन नसक्ने बताउदै एक अर्काको सहयोग गरी अगाडी बढन आग्रह गर्नु भएको थियो ।