नवलपुर । नेपाली साहित्यमा रुची राख्ने र कलम चलाउने रामचन्द्र खड्का नेपाल निजामती कर्मचारी संगठन नवलपरासी (बसुपू)को सचिव निर्वाचित भएका छन् ।
शनिवार जिल्ला समन्वय समिति कावासोतीको सभाहलमा भएको दोस्रो अधिवेशनबाट सर्वसम्मत रुपमा खड्का सचिव पदमा निर्वाचित भएका हुन् ।
खड्काले बिगत देखीनै नेपालको साहित्य क्षेत्रमा कलम चलाउदै आएका छन् । यसरी लडायौ मलाई यार भन्ने कुनै ठाउँ थिएन । बाटो देखायौ शहर जाने जादा कुनै गाउँ थिएन ।
उनका यी र यस्ता थुप्रै गजलहरुको संग्रह “प्रेमिल अनुभूति” गजल कृतिलाई ०८१ साल मंसिर ८ गते रिपोर्टस क्लवमा लोकार्पण गरिएको थियो । उनले लेखेका गजल :
टोलाईरहे पढाइ सकियो अब जागिर कसले दिन्छ
बिहेमै अनुपस्थित भयौ अब हाजिर कसले दिन्छ
चैतारिको वर पिपल कसरी छुट्याउ प्रिया
जन्म नै अभागी भएसी तकदिर कसले दिन्छ
अहिले सामाजिक सन्जालमा भाईरल छ ।
नेपाली साहित्यमा निकै रुची राख्ने खड्काले प्रेमका विषयमा मात्र नभई समाजका बिभिन्न क्षेत्रमा कलम चलाउदै आएका छन् । उनले लेखेको समयसान्दर्भिक गजल यस्तो छ :
बाच्नकै लागि कसैले करोडमा बुझाए
ठेगाना नभएका लालपुर्जा रोडमा बुझाए
बिउझिन जानेरै पनि,बिहानिले मरण रोज्यो
डुवानमा परेपछि ,तराई चित्त पहाडमा बुझाए ।