काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ४ बजेका लागि बैठक बोलाएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारको नियमित कामकारबाहीका सम्बन्धमा आवश्यक छलफल र निर्णय हुने बताइएको छ ।