Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सार्बभौमसत्ता साझा गर्नुपर्छ,लिम्बुवान स्वात्तता हुनुपर्छ : अध्यक्ष महतो


२१, माघ २०८१
  • 224
    SHARES
  • सार्बभौमसत्ता साझा गर्नुपर्छ,लिम्बुवान स्वात्तता हुनुपर्छ : अध्यक्ष महतो

    काठमाडौं । काठमाडौंको माइतीघरमा भएको मुकुमलुङ संरक्षण संघर्ष समितिको बिरोध प्रदर्शन कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले भने " यो देश लिम्बुको हो कि होइन? हो भने सार्बभौमसत्ता साझा गर्नुपर्छ । लिम्बुवान स्वात्तता हुनुपर्छ ।

    लिम्बुवान राज्य भएको भए केबुलकार बन्ने निर्णय नै हुने थिएन। आफ्नो राज्य भएन भने उसको लोकतन्त्र पनि हुदैन, मानव अधिकार पनि हुदैन ।" उनले भने -अहिले केवलकार निर्माण जारी राखेको छ, आन्दोलनकारी पक्राउ गरिरहेको छ तर वार्ताको नौटन्की गर्दै छ। यसरी तर्साएर डराएर धम्काएर वार्ता हुदैन।"

    दमन गर्ने, गोलि हान्ने जस्तो काॠ राज्य सधै गर्दै आएको छ, छुट्टाछुट्टै लडदा दमन गर्छ नै त्यसैले अब हामी सबै मिल्नु पर्छ।

    केवल लिम्बु समुदायको सहभागिताले मात्र अहिले पनि सफलता सम्भव छैन, सम्पूर्ण उत्पीडितहरुको एकता आवश्यक छ। केवलकार वा रोजिरोटीसंग सम्बन्धित सवाल मात्रै होइन, यो बैचारिक दार्शनिक सवाल पनि हो ।

    सम्पुर्ण बिजय प्राप्तको निम्ति स्वदेशी सत्ता चाहिन्छ। त्यसैले मधेसी-आदिवासी अधिकार रक्षा गर्न राष्ट्रिय मुक्ति क्रान्ति अपरिहार्य छ। मुक्कुम्लुडको संघर्षले राष्ट्रिय मुक्ति क्रान्तिको औचित्य थप स्पष्ट पार्दैछ।

    पूर्वमन्त्री समेत रहेका महतोले बहुलराष्ट्रिय राज्य स्थापनाका लागि लामबद्ध हुन जरुरी छ।

    नश्लीय सरकारको गलत नियत भण्डाफोर गर्दै मुन्धुमी आस्था स्थल र सांस्कृतिक सम्पदा जोगाउन सबै एकजुट हुनुपर्छ।" उनले भने, अब लिम्बू एक्लै छैन, उसंग मधेस उभिएको छ। एक्लै लडदा गरिएको दमन झैँ सधै दमन गर्छु नसोचे हुन्छ, अब सबै एक हुने हो ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend