काठमाडौँ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न नियमावलीहरू पारित गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले दुई साताअघि ल्याइएका अध्यादेशहरु कार्यान्वयनका लागि नियमावली बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
स्रोतका अनुसार अध्यादेशका प्रावधानहरु तत्काल कार्यान्वयनका लागि नियमावलीहरु पारित गरिएको हो । अध्यादेशका कतिपय प्रावधान विवादमा परेपनि सरकारले त्यसलाई तत्कालै कार्यान्वायनमा लैजान लागेको छ ।