Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एकीकृत समाजवादीले तोक्यो केन्द्रीय विभागका प्रमुख र उपप्रमुख, स्कुल विभागको जिम्मा झलनाथलाई


२३, माघ २०८१
  • 120
    SHARES
  • एकीकृत समाजवादीले तोक्यो केन्द्रीय विभागका प्रमुख र उपप्रमुख, स्कुल विभागको जिम्मा झलनाथलाई

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय विभागका प्रमुख र उपप्रमुख तोकेको छ । यही माघ १४ गते सोमबार पार्टीले जारी गरेको अपानी ४ मा ३३ वटा केन्द्रीय विभागका प्रमुख र उप्रमुख तोकेको हो ।

    जसमा पार्टी स्कुल विभाग प्रमुखमा पार्टीका सम्मानित नेता झलनाथ खनाल, उपप्रमुखमा पार्टीका वरिष्ठ नेताद्धय डा.बेदुराम भुसाल र डा.विजय पौडेललाई जिम्मेवारी तोकेको छ।

    सङगठन विभागको प्रमुखमा डा. बेदुराम भुसाल, उपप्रमुखमा रामचन्द्र यादव, विदेश विभागको प्रमुखमा प्रमेश हमाल, राजकीय मामिला विभाग प्रमुखमा पार्टीका वरिष्ठ नेता घनेन्द्र बस्नेत, उपप्रमुखमा प्रमोद शर्मा, प्रचार विभाग प्रमुखमा पार्टी उपाध्यक्ष प्रकाश ज्वाला र उपप्रमुखमा दामोदर अर्याल र चमिना भट्टराई, सङघीय तथा प्रादेशिक मामिला प्रमुखमा पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडा, अनुगमन तथा मूल्याङकन विभाग प्रमुखमा पार्टी महासचिव घनश्याम भुसाल, उपप्रमुखमा अशेष घिमिरे, संसदीय विभाग प्रमुखमा गरिमा शाह, शिक्षा विभाग प्रमुखमा पार्टी सचिव सावित्रा भुसाल, उपप्रमुखमा उदयबहादुर बोहरा, आर्थिक विभाग प्रमुखमा पार्टी सचिव सोम पाण्डे, सहकारी विभाग प्रमुखमा केशवलाल श्रेष्ठ र उपप्रमुखमा निर्मल सुवेदी र नवराज सुवेदीलाई जिम्मेवारी तोकिएको छ।

    त्यस्तै, अर्थ योजना विभाग प्रमुखमा डा. विजय पौडेल, उपप्रमुखमा डा.चन्द्रमणि अधिकारी, पर्यटन विभाग प्रमुखमा जीवनराम श्रेष्ठ र उपप्रमुखमा हंशबहादुर शाही, कृषि तथा भूमिसुधार विभाग प्रमुखमा हरि पराजुली र उपप्रमुखमा चुनु केसी, भौतिक पूर्वाधार तथा यातायात विभाग प्रमुखमा रामचन्द्र झा र उपप्रमुखमा गम्भीरलाल श्रेष्ठ,स्थानीय तह विभाग प्रमुखमा कल्याणी खडका र उपप्रमुखमा मिना लामा, डा।सीता ढुङगाना, स्वास्थ्य विभाग प्रमुखमा डा।वंशीधर मिश्र र उपप्रमुखमा राधा सिलवाल, राष्ट्रिय हित सुरक्षा विभाग प्रमुखमा साध्यबहादुर भण्डारी, जलस्रोत विभाग प्रमुखमा डा। कृष्ण पन्त, निर्वाचन विभाग प्रमुखमा दिलु पन्त र उपप्रमुखमा अम्बिका थापा, भवानी खडका, कानुन विभाग प्रमुखमा डा।देउमान सम्बाहाम्फे र उपप्रमुखमा कुलप्रसाद फुयाँललाई जिम्मेवारी तोकेको छ।

    पार्टीको समाज कल्याण विभाग प्रमुखमा निरादेवी जैरु र उपप्रमुखमा मञ्जु यादव, विपद व्यवस्थापन विभाग प्रमुखमा राजेन्द्रमान श्रेष्ठ र उपप्रमुखमा भास्कर काफ्ले, उपभोक्ता हित विभाग प्रमुखमा प्रा।डा।इन्दु आचार्य र उपप्रमुखमा रुकमति जागरी, श्रम तथा रोजगार विभाग प्रमुखमा सुदेश पराजुली, विज्ञान प्रविधि विभाग प्रमुखमा शंकर पोखरेल, खानेपानी तथा सरसफाइ विभाग प्रमुखमा चीरञ्जीवी आचाय, खेलकुद विभाग प्रमुखमा देवसिंह महता र उपप्रमुखमा रिता अवाल, शहरी विकास विभाग प्रमुखमा कृष्णप्रसाद खनाल, वन वातावरण विभाग प्रमुखमा विजय गुरुङ र उपप्रमुखमा अम्बिका थापा, उद्योग बाणिज्य विभाग प्रमुखमा परमानन्द भट्ट र उपप्रमुखमा गोमा तिमिल्सिना, उद्यमशिलता विकास विभाग प्रमुखमा होम बुढाथोकी, साहित्य–संस्कृति विभाग प्रमुखमा रमेशरञ्जन झालाई जिम्मेवारी तोकेको छ। 

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend