Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बाँसबारी जग्गा प्रकरण : अरुण चौधरीलाई उन्मुक्ति, सरकारले मुद्दा नचलाउने


२३, माघ २०८१
  • 125
    SHARES
  • बाँसबारी जग्गा प्रकरण : अरुण चौधरीलाई उन्मुक्ति, सरकारले मुद्दा नचलाउने

    काठमाडौं । बाँसबारी छालजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा जोडिएका अरुण चौधरीविरुद्ध मुद्दा नचलाइने भएको छ ।

    महान्यायाधिवक्ता कार्यालयले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा सरकारको नाममा आइसकेकाले मुद्दा चलाउन नपर्ने निर्णय गरेको हो ।

    बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले सीजी होल्डिङ्सका अध्यक्ष एवम् प्रबन्ध निर्देशक चौधरी २०८० माघ १८ गते पक्राउ गरी अनुसन्धान गरेको थियो ।

    पछि काठमाडौं जिल्ला अदालतले चौधरीलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । सीआईबीले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीसँग पनि कागजी बयान गराएको थियो ।

    तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको पालामा उक्त जग्गा हिनामिना प्रकरणमा अनुसन्धान सुरु भएको थियो ।

    बालुवाटार जग्गा प्रकरणमा एमाले नेता विष्णु पौडेलको छोरालाई उन्मुक्ति दिएझै बाँसबारीमा विनोद चौधरीका भाई अरुणले पनि सत्ताको आडमा उन्मुक्ति पाएका छन् ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend