Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

विधेयकहरू अविलम्ब संसदमा पेस गर्न सरकारलाई कांग्रेसको आग्रह


२४, माघ २०८१
  • 124
    SHARES
  • विधेयकहरू अविलम्ब संसदमा पेस गर्न सरकारलाई कांग्रेसको आग्रह

    काठमाडौँ । नेपाली कांग्रेसले संविधान कार्यान्वयनका लागि आवश्यक विधेयकहरू अविलम्ब संसदमा पेस गर्न सरकारलाई आग्रह गरेको छ ।

    संसद् भवन नयाँ बानेश्वरमा बिहीबार बसेको कांग्रेस संसदीय दल बैठकले संघीय व्यवस्थालाई सुदृढ पार्न धेरै कानून बनाउन बाँकी रहेको अवस्थामा संविधान कार्यान्वयनका लागि आवश्यक विधेयकहरू अविलम्ब संसदमा पेस गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरिएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

    बैठकले संसदमा विचाराधीन रहेका विधेयकहरू आउँदो अधिवेशनबाट पारित गर्न संसदीय समितिमा प्रभावकारी भूमिका निर्वाह गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ ।

    त्यस्तै आर्थिक तथा व्यवसायीक वातावरण सुधार तथा लगानी अभिवृद्धि, सुशासन प्रवर्द्धन लगायत सम्बन्धी अध्यादेशलाई समर्थन गर्ने निर्णय गरिएको प्रमुख सचेतक घिमिरेले बताए । उनले राष्ट्रको आवश्यकताका आधारमा अध्यादेश ल्याइएको भन्दै जसपा नेपालले समर्थन गरेको उल्लेख गरे । 

    त्यस्तै बैठकले जनताका आवाजहरूलाई अधिकतम रूपमा सदनमा राख्न र संसदको प्रभावकारीताका गम्भीर भएर लाग्न सांसदहरूलाई निर्देशन दिएको छ । 

     

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend