Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

विचौलियालाई प्रचण्डको चेतावनी : तपाईंहरुले सरकारलाई किनेर पाएको उन्मुक्ति स्थायी हुने छैन


२४, माघ २०८१
  • 154
    SHARES
  • विचौलियालाई प्रचण्डको चेतावनी : तपाईंहरुले सरकारलाई किनेर पाएको उन्मुक्ति स्थायी हुने छैन

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको सरकारले संसद्लाई अवमूल्यन गर्ने काम गरेको आरोप लगाएका छन् ।

    प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै प्रचण्डले सरकारले संसद्लाई एक हदसम्म छल्ने कोशिस गरेको आरोप लगाए । उनले रातारात अध्यादेश ल्याउने सरकारको नियतमाथि पनि प्रश्न उठाए ।

    उनले सरकारले ल्याएको सामाजिक सञ्जाल नियमसम्बन्धी विद्येयकको पनि विरोध गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने गरेको भन्दै आफूले प्रश्न नगर्ने बताए । तर, नेपाली कांग्रेसको उक्त विद्येयकबारे के धारणा हो भनेर दाहालले प्रश्न तेर्साए ।

    उनले माओवादी अब सत्ताको खेलमा नहुने र नलाग्ने स्पष्ट पारे । उनले आफूलो यो कुरा कुनै भावाना वा आवेगमा नभनेको स्पष्ट पारे । उनले आफूहरु अब जनतातिर फर्किएको पनि दाबी गरे ।

    उनले अहिलेको सरकार प्राकृतिक नभएको, संवैधानिक नभएको र पारदर्शी नभएको कुरा आफूले पटक पटक दोहोर्याएको तर सरकार ढाल्छु भनेर कहिल्यैपनि नभनेको स्पष्ट पारे । उनले भने,‘मैले यो सरकार आफ्नै बोझले ढल्छ भनेको छु, ढाल्छु भनेर कहिल्यैपनि भनेको छैन् । यो कुरा हेक्का रहोस । त्यसैले अब हाम्रो कारणले तपाईंहरुले एक अर्काको कुर्सी मिलाराख्न पर्दैन् । एकै ठाउँमा कुर्सी राखेर हामी एक छौं भनेर देखाईराख्न पर्दैन् ।’

    उनले कांग्रेस र एमालेलाई ०८४ सम्म मात्रै नभएर अझै लामो समयसम्म सहकार्यको लागि शुभकामना दिए । उनले माओवादीले अब आफ्नै खुट्टामा टेकेर र आफ्नै सामथ्र्यमा उभिएर सरकार बनाउने उद्घोष गरे ।

    उनले विचौलियाहरुलाई खुला चूनौति दिँदै भने–‘तपाईंहरुले सरकारलाई किनेर पाएको उन्मुक्ति स्थायी हुनेछैन् । तपाईंहरुले कब्जा गरेका राज्यका स्रोत र संशाधन सधैंका लागि हुने छैनन् । म आज यही सदनबाट चूनौतिका साथ भन्न चाहन्छु–ती तपाईंका फाईलहरु फेरि खोलिनेछन् । नेपाली जनताले खोल्नेछन् । हामी खोल्नेछौं ।’

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend