Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मन्त्री भण्डारीले गरे सोलार पावर प्लान्टको उद्घाटन


२५, माघ २०८१
  • 286
    SHARES
  • मन्त्री भण्डारीले गरे सोलार पावर प्लान्टको उद्घाटन

    परासी । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले शुक्रबार वरूण बेभरेज (नेपाल) प्रा.लि(पेप्सी) द्धारा सञ्चालित २ मेगावाटको सोलार पावर प्लान्टको उद्घाटन गरेका छन ।

    उद्घाटन समारोहमा बोल्दै मन्त्री भण्डारीले उद्योग वातावरणमैत्री र रोजगारमूलक हुनुपर्नेमा जोड दिएका छन । लगानीकर्ताहरुलाई प्रोत्साहित गर्न र आन्तरिक तथा बाहय लगानी प्रवर्धन गर्न अध्यादेश सम्बन्धी कानुन ल्याएको बताएका छन ।

    मन्त्री भण्डारीले ब्यापार घाटा नियन्त्रण गर्न पेट्रोलियम पदार्थको मुल्य निर्धारण गर्ने र किसानले उत्पादन गरेको उखुको बजार मुल्य निर्धारण गदैँ न्युन कर बनाउन सरकार लागि परेको बताए ।

    उद्घाटन समारोहमा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ कलवारले औद्योगिक जिल्लाको रूपमा परिचित नवलपरासीको उद्योग र ब्यापारमा क्रान्ति ल्याउन उद्योगधन्दाको विकासमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।

    उद्घाटन समारोहमा नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रमुख उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालको उपस्थिति रहेको थियो । साथै वरूण बेभरेज (नेपाल) प्रा.लि को बारेमा विस्तृत जानकारी समेत प्रस्तुत गरिएको थियो ।

    त्यस्तै वरूण बेभरेज (नेपाल) प्रा.लि(पेप्सी) का अंतर्राष्ट्रीय प्राविधिक प्रमुख एसएन भट, कन्ट्री डाइरेक्टर त्रय विशाल सिंह ठाकुर, सन्जिब अरोरा र विनोद सिंह साथै कम्पनीका पिआर प्रमुख रविन्द्र पाण्डे, प्लान्टका चन्द्रशेखर बाडगुरु लगायतको उपस्थिति रहेको थियो ।

    नवलपरासी जिल्लाको रामग्राममा १४ बिघा जमिनमा वरुण वेभरेजले आफ्नो उत्पादन तथा वितरणको काम गर्दै आएको छ ।

    बजारको माग अनुसार देशका सबै भूभागमा आफ्ना उत्पादन पुर्‍याएर बजार विस्तारमा जोड दिइरहेको वरुण वेभरेज एउटा मल्टीनेसन कम्पनी मात्र नभएर नेपालको एक ‘हाई ट्याक्स पेयर ’कम्पनी पनि भएको बताइएको छ ।

    जसले नेपाल सरकारलाई चारदेखि पाँच अर्ब रुपैयाँसम्म कर तिर्ने गरेको छ भने देशमा प्रत्यक्ष रूपमा हजारौँ तथा अप्रत्यक्ष रूपमा दसौँ हजारलाई रोजगारी दिएको जनाएको छ ।

    3e86a436-249f-424c-801d-72010712cf0d.jpg2d4bedeb-dbb0-43c8-8701-52f506dd11d5.jpgf2aaf6e6-950c-4a5d-a7f0-aabf6c37ce19.jpg0873900e-c8a0-45bf-97eb-b0c46cdd15e1.jpg480d4b7c-2ab3-4945-a793-68092f7e9b0f.jpg6bdd9fd4-b5c3-4318-a8f5-69f8a276d98b.jpgf56eaab5-43ab-48fa-8f8e-ce58e1d01f8a.jpg14176a8a-e080-46c7-a792-f584d9a58627.jpg2d20445a-303c-4915-a5d9-4be0824cbbc5.jpg0442f673-cd3b-41f3-8dd0-471a80747fe0.jpg

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend