काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दैछ । राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ ।
संघीय संसद सचिवालयका अनुसार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले “आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन” सभा समक्ष पेस गर्नेछन ।
साथै, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले “सामाजिक सञ्जाल विधेयक, २०८१” सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले “पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्” भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछन् ।