Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

संविधान होइन नेताहरूको चरित्र संशोधन गरौँ : समीक्षा बास्कोटा


२७, माघ २०८१
  • 142
    SHARES
  • संविधान होइन नेताहरूको चरित्र संशोधन गरौँ : समीक्षा बास्कोटा

    काठमाडौँ । विवेकशील नेपाली साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले संविधानभन्दा पहिला राजनीतिक दल र नेताहरूको चरित्र संशोधन गर्नुपर्ने बताएकी छिन् ।

    आइतबार प्रज्ञा भवन कमलादीमा नेपाल समाजवादी पार्टी(नयाँ शक्ति) को महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले संविधानभन्दा नेताहरूको चरित्र संशोधन आवश्यक भएको बताएकी हुन् ।

    ‘संविधानभन्दा पहिला राजनीतिक दलहरूका चरित्रको संशोधन गर्नुपर्‍यो । एकचोटी आएपछि एक्जिट हुने योजना नै छैन । वर्षौँ बसेर सत्ताको मात्रै हालीमुहाली गर्नुहुन्छ । त्यो चरित्र संशोधन गरौँ । संविधान त ठाउँमा बसेर जहाँ गर्नुपर्ने हो गरौँला’, उनले भनिन् ।

    राजनीतिमा स्वार्थ मात्र हाबी भइराखेको भन्दै उनले यसलाई सरल बनाउनुपर्नेमा भारी बनाएकोमा असन्तुष्टि पोखिन् । यस्तै उनले सबै नयाँ दल वैकल्पिक शक्ति हुन्छ भन्नेमा प्रश्न उठेको बताइन् ।

    अहिले उनले प्रतिपक्षको ठुलो खाडल रहेको बताइन् । विवेकशील साझाले नागरिकको आवाज सडकबाट उठाइरहेको स्पष्ट पार्दै बास्कोटाले आत्मनिर्भर अर्थतन्त्रका लागि पर्यटन, ऊर्जा, कृषि र प्रविधिमा काम गर्नुपर्ने सुझाव दिइन् ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend