बुटवल । नेपाली कांग्रेसको भातृसंस्था नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेशको प्रथम अधिबेशन बुटवलमा हुने भएको छ ।
अधिबेशन माघ ३० गते बुटवलको एसियन पार्टी प्यालेसमा हुने कार्यक्रम पुर्व मन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उद्घाटन गर्ने नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेशका सभापति जाकिर हुसैनले बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कँडेल, नेपाल मुस्लिम संघका संस्थापक अध्यक्ष नेपाली कांग्रेसका केन्द्रिय सदस्य अब्दुल सत्तार, मुस्लिम संघका केन्द्रिय अध्यक्ष अत्ताबुल मन्सुरी लगायतले सम्बोधन गर्ने आयोजकले बताएको छ ।