Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कांग्रेसभित्र हराउँने प्रवृत्तिको अत्य नभएसम्म पार्टी बलियो हुन सक्दैन : नेता खाण


२९, माघ २०८१
  • 209
    SHARES
  • कांग्रेसभित्र हराउँने प्रवृत्तिको अत्य नभएसम्म पार्टी बलियो हुन सक्दैन : नेता खाण

    दाङ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाणले पार्टी सभापति शेरबहादुर देउवासँग चित्त बुझेको छैन भने उहाँकै अगाडि आफ्ना कुराहरू राख्नुपर्ने बताएका छन् ।

    सोमबार नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ ले लमहीमा आयोजना गरेको भेटघाट कार्यक्रममा नेता खाणले भने, ‘कांग्रेसमा जुन नेताको विरोध गर्ने हो त्यहि नेताको अगाडि विरोधी गरिदिनुपर्छ । अहिले यो कार्यक्रममा शेरबहादुर देउवा हुनुहुन्न, शेरबहादुर देउवालाई गाली गरेर के गर्नु हुन्छ ? गगन थापा यहाँ हुँदै हुनुहुन्न उहाँलाई गाली गरेर के गर्नु हुन्छ ?’

    नेता खाणले कांग्रेसलाई आफ्नै साथीहरूले विरोध र असहयोग गरेका कारण ठूलो पार्टी बन्नबाट कठिनाइ भइरहेको बताए । उनले भने, ‘विरोध नगर्ने हो भने कांग्रेसलाई नम्बर १ पार्टी बनाउनबाट कसैले रोक्नै सक्दैन ।’ नेता खाणले भने, ‘गिरिजाप्रसाद कोइरालाले भन्दा हामी मनमनै हास्थ्यौं । कांग्रेसले संसारलाई विश्वास गर्न सक्छ । कांग्रेसले कांग्रेसलाई नै हराउँछ । त्यो कुरा सत्य रहेछ ।’

    पूर्वगृहमन्त्री समेत रहेका नेता खाणले भने, कांग्रेस कांग्रेसकै विरोधमा जाँदा कुनै पनि चुनावमा वडा, पालिका, प्रदेश, प्रतिनिधि सभामा कांग्रेस हार्छ । आफ्नै साथीको विरोध नगरौँ । राम्रो काम गरेकोलाई राम्रो गरेको भन्नुपर्छ’, ‘नेपाली कांग्रेस अहिले कसरी चलेको होला ? बाजेपुस्ताको जुन योगदान छ । बलिदान छ । त्यस कारण चलिरहेको छ’, नेता खाणले भनेका छन् ।

    ‘कांग्रेस मात्रै यस्तो पार्टी हो आफ्ना सबै नेताहरूको विरोध गर्छ । कार्यकर्ताले पार्टीको विरोध गर्छन् । विरोध गर्ने छुट पनि छ’, उनले भने, ‘सबैले विरोध गर्दा पनि कांग्रेसले कसरी सर्भाइव गरेको छ ?’ पूर्वगृहमन्त्री समेत रहेका नेता खाणले स्व.कृष्णप्रसाद कोइराला नेता शेखर कोइरालाको बाजे रहेको बताएका छन् ।

    उनले कोइराला परिवारको कांग्रेसमा ठूलो योगदान रहेको बताएका छन् । वीपी कोइरालाले कांग्रेस बनाउन गरेको कुर्बानीको खाणले स्मरण गरेका छन् । उनले भने, ‘नेपाली कांग्रेसमा कृष्णप्रसाद कोइरालालाई चिन्नुहुन्छ ? दीव्या कोइराला । कृष्णप्रसाद कोइराला भनेको वीपी कोइरालाको बुवा । दीव्या कोइराला भनेको वीपी कोइरालाको आमा । शेखर कोइरालाको बाजे । कृष्णप्रसाद कोइराला जेलमा दिवंगत हुनुभयो ।’

    दीव्या कोइरालाले उहाँको शवलाई बुझेर पशुपतिमा दाहासंस्कार गर्नुभयो । त्यो बेलामा । हामी जन्मिनुभन्दा धेरै अगाडि । वीपीलाई विराटनगरको मजदुर आन्दोलनमा समातेपछि, उहाँलाई अड्डासार गर्दै गर्दै काठमाडौं ल्याए’, खाणले भने । ‘उहाँलाई काठमाडौं ल्याएपछि राजद्रोहको मुद्दा लगाए । त्यतिखेर राणा सरकारले वीपीको आमा दीव्या कोइरालालाई सन्देश पठायो की तिमले आफ्नो छोरालाई सम्झाउ । माफी माग्न लगाउ । दीव्या कोइराला आएर वीपीलाई पनि भेट्नुभयो’, नेता खाणले भने, ‘सरकारका प्रतिनिधिलाई पनि भेट्नुभयो ।

    सरकारका प्रतिनिधिलाई पनि के भन्नुभयो भने– मेरो छोरा जुन अभियानमा लागेको छ, जुन पार्टीमा लागेको छ, त्यसमा मलाई गर्व छ । म त्यसमा गर्व गर्छु । मेरो छोराले तिमीहरूसँग माफी माग्यो भने म सबैभन्दा दुखी आमा हुनेछु ।’ ‘आफ्नो मूल्य र मान्यताका लागि, देशका लागि, जनताको लागि, प्रजातन्त्रको लागि उसले कुर्बानी गर्‍यो भने म उसको कुर्बानीलाई सहर्स स्वीकार गर्छु’, खाणले भने । ‘यो उतिबेलाको कुरा हो । अहिले त्यो कुरा गर्दा उहिलेको कुरा खुइलिसक्यो भनिदिन्छन् । इतिहाँस कहिल्यै पनि बिर्सनु हुँदैन’, उनले भने ।

    क्षेत्रीय सभापति भेषराज पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सदस्य योगेन्द्र चाधरी, लुम्बिनी कांग्रेसका उपसभापति राजु खनाल, म्बिनी प्रदेशका मन्त्री जन्मजय तिमिल्सिना, लुम्बिनी प्रदेशकी सांसद लौका विक, पूर्वसांसद विमल नेपाली, नेपाल तरुण दल दाङका अध्यक्ष टीका घर्ती, पूर्वक्षेत्रीय सभापति भुपबहादुर डाँगी, जानकीलाल बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend