Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

क्यान विभाजन गर्ने विधेयकको विपक्षमा पर्यटनमन्त्रीलाई ज्ञापनपत्र, आकाश ठप्प पार्ने चेतावनी


२९, माघ २०८१
  • 162
    SHARES
  • क्यान विभाजन गर्ने विधेयकको विपक्षमा पर्यटनमन्त्रीलाई  ज्ञापनपत्र, आकाश ठप्प पार्ने चेतावनी

    काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई विभाजन गर्नेगरी सरकारले ल्याएको विधेयकको विपक्षमा नेपाल लोकतान्त्रिक कर्मचारी संघ उभिएको छ ।

    संघले मंगलबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई भेटेर विधेयकबारे ध्यानाकर्षण गराएको हो । संघका अध्यक्ष गणेश प्रसाद भुसालको नेतृत्वमा गएको टोलीले मन्त्री पाण्डेलाई उक्त ज्ञापनपत्र बुझाएको हो ।

    सरोकारवाला, आम कर्मचारी, प्राधिकरणमा क्रियाशील ट्रेड युनियन र पेसागत संघ संगठनसँग कुनै छलफल नगरी विधेयक ल्याइएको भन्दै अन्य विकल्प हुँदाहुँदै अमुक संस्थाले दिएको प्रतिवेदनको सुझावलाई सैद्धान्तिक आधार दिई विधेयक दर्ता गरिएको आरोप लगाइएको छ ।

    यो विधेयकले नागरिक उड्डयन क्षेत्रमा स्वार्थ समूहको वर्चस्व हुने र प्राधिकरणको समग्र हितभन्दा अझ धराशायी बनाउने उद्देश्यले रहेको भन्दै यसलाई तत्काल फिर्ता लिन माग गरिएको छ ।

    यो विधेयक प्राधिकरणका समग्र कर्मचारी र संस्थाको हित विपरीत रहेको भन्दै विधेयक अघि बढेमा चरणबद्ध आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने चेतावनी संघले दिएको छ । भोलिका दिनमा सम्पूर्ण नेपाली आकाश ठप्प हुनसक्ने चेतावनी समेत संघले दिएको छ ।

     

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend