Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बालिका बन्धक बनाई श्रमशोषण गर्ने एमाले सांसद शर्मा र ड्युटीमा रहेका प्रहरी कुट्ने जोशीलाई उन्मुक्ति


२९, माघ २०८१
  • 183
    SHARES
  • बालिका बन्धक बनाई श्रमशोषण गर्ने एमाले सांसद शर्मा र ड्युटीमा रहेका प्रहरी कुट्ने जोशीलाई उन्मुक्ति

    काठमाडौं । आफ्नै घरमा काम गर्न बसेकी एक बालिकालाई श्रमशोषण गरेको आरोप लागेकी नेकपा एमालेकी नेतृ रेखा शर्मा र ड्युटीमा रहेका प्रहरीलाई कुट्ने विद्यार्थी नेता कमल जोशीलाई सरकारले उन्मुक्ति दिन लागेको छ ।

    लुम्बिनी प्रदेश सभा सदस्य रहेकी एमाले नेतृ शर्मा र एमालेको भातृ संगठन अनेरास्ववियुका स्थायी कमिटी सदस्य जोशीलाई उन्मुक्ति दिनेगरी सरकार अघि बढेको हो ।

    बालिकालाई घरमा बन्धक बनाई राखेको अवस्थामा केही समयअघि काठमाडौं महानगरपालिकाले उद्धार गरेको थियो । उनीमाथि सरकार वकिलको कार्यालय काठमाडौं र उच्च सरकारी वकिलको कार्यालय पाटनले मुद्दा नचलाने निर्णय गरेको हो ।

    जिल्ला र उच्च दुवैले सांसद शर्माविरुद्ध मुद्दा चलाउन नपर्ने निर्णय गरी फाइजल महान्यायाधीवक्ताको कार्यालयमा पठाएको छ । महान्यायाधीवक्ताको कार्यालयले सो रायलाई सदर गर्ने तयारी गरेको स्रोतले जनाएको छ । महान्यायाधीवक्ता कार्यालयले सो राय सदर गरेमा सांसद शर्माले गम्भीर अपराधको आरोपबाट उन्मुक्ति पाउनेछिन् ।

    गत जेठ १४ गते काठमाडौंको बालुवाटारस्थित सांसद शर्माको घरबाट ती बालिकालाई काठमाडौं महानगरले उद्धार गरेको थियो । बालिका उद्धार गरेपछि काठमाडौंका मेयर बालेन शाहले फेसबुकमा सांसद शर्माको तस्बिर सार्वजनिक गर्दै एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रोश पोखेका थिए ।

    महानगरले शर्माविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जेठ ३० गते जाहेरी दिएको थियो । महानगरले परिसरमा बालबालिका सम्बन्धी ऐनको २०७५ को दफा ६६ उपदफा (२) (ङ) अनुसारको कसुर भएको भन्दै जाहेरी दिएको थियो ।

    यता गत माघ २४ गते राती काठमार्डौंको ठमेलस्थित छायाँ सेन्टर अगाडि ड्युटीमा खटिएका प्रहरीमाथि निर्घात कुटपिट गरेको आरोप जोशीलगायतका नेतामाथि लागेको छ । अमृत साइन्स क्याम्पसका विद्यार्थी नेता जोशीसहति रमेश फुलारा र दिनेश सिग्देलको समूहले प्रहरीलाई कुटपिट गरेको थिए ।

    घटनापछि सिग्देल र फुलारा पक्राउ परेका छन् भने नविन ऐर, गोपाल शाही र सौजन्य शाहीलाई फरार सूचीमा राखिएको छ । तर,जोशीलाई भने फरार सूचीमासमेत नराखी सरकारले सत्ताको आडमा उन्मुक्ति दिने तयारी गरेको छ ।

    जोशीसहितका नेताहरुको आक्रमणमा परेर प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्ट घाइते भएका थिए । उनीहरूको टाउको र शरीरका विभिन्न भागमा चोट समेत लागेको थियो । उनीहरूले प्रहरीको मोटरसाइकल लडाउँदै कुटपिट गरेका थिए भने प्रहरीको लौरो समेत फालिदिएका थिए ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend