Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भूमिसम्बन्धी अध्यादेश नसच्याएर सरकारबाट बाहिरिने महन्थको चेतावनी


१, फागुन २०८१
  • 172
    SHARES
  • भूमिसम्बन्धी अध्यादेश नसच्याएर सरकारबाट बाहिरिने महन्थको चेतावनी

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले भूमिसम्बन्धी अध्यादेश नसच्याएर सरकारबाट बाहिरिने चेतावनी दिएका छन् ।

    लोसपा जिल्ला कार्यसमिति सर्लाहीले आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दैै उनले यस्तो चेतावनी दिएका हुन् । सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेश मधेशविरोधी रहेको उनको दाबी छ ।

    उनले उक्त अध्यादेश आफूहरुलाई कुनै हालतमा पनि स्वीकार्य नरहेको बताए । मधेशका जनताको हक, अधिकार र पहिचानको रक्षा गर्नका लागि लोसपा नेपाल प्रतिवद्ध रहेको पनि उनले बताए ।

    सत्तारुढ दल लोसपाले भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने निर्णय सार्वजनिक गरिसकेको छ । भूमिसम्बन्धी अध्यादेशलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली संकटमा परेका छन् ।

    प्रतिनिधि सभामा दुई तिहाइ नजिक बहुमत रहेपछि राष्ट्रिय सभाबाट अध्यादेश स्वीकृत गराउन प्रधानमन्त्री ओलीलाई सकस परेको छ ।

    सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने निर्णय गरिसकेको छ ।

     

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend