Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

तीन जिल्ला सीडीओविहीन, आधा दर्जन बढी सहसचिव गृहको बरण्डामा


५, फागुन २०८१
  • 133
    SHARES
  • तीन जिल्ला सीडीओविहीन, आधा दर्जन बढी सहसचिव गृहको बरण्डामा

    काठमाडौं । नेतृत्व, सुरक्षा र समन्वयका हिसाबले जिल्ला कै महत्त्वपूर्ण पद मानिन्छ प्रमुख जिल्ला अधिकारी (सिडिओ)। तर, खोटाङ, ओखलढुङ्गा र मकवानपुर अहिले सिडिओविहीन अवस्थामा छन्।

    खोटाङको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले अवकाश पाएको डेढ हप्ता हुन लागिसकेको छ। उनी फागुन २४ गतेदेखि नै सिडिओबाट अवकाशमा गइसकेका छन् । तर, गृह मन्त्रालयले अहिलेसम्म उक्त रिक्त स्थानमा सिडिओ पठाएको छैन् । आगलागीको चपेटामा पर्दा पनि खोटाङ जिल्ला सिडिओ विहीन बन्ने अवस्थामा पुगेको छ ।

    कोशी प्रदेशकै अर्को जिल्ला ओखलढुङ्गा पनि सीडीओविहीन छ । ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी डा.नारायण ढकालले अवकाश पाएको डेढ महिना बढी भइसक्यो। ओखलढुङ्गा पनि अहिले सिडिओविहीन अवस्थामा छ।

    खोटाङ र ओखलढुङ्गा मात्र होइन संघीय राजधानी काठमाडौं उपत्यकासँग जोडिएको मकवानपुर जिल्लाको अवस्था पनि त्यस्तै छ। बागमती प्रदेशको राजधानी समेत रहेको मकवानपुर जिल्ला एक हप्तादेखि सिडिओबिहीन छ। मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालको अर्थ मन्त्रालय अन्तर्गत सरुवा भएपछि उक्त जिल्ला पनि सिडिओ नभएको जिल्लामा परेको छ ।

    गृह मन्त्रालयमा सहसचिव नै नभएर ती जिल्ला सिडिओबिहीन भएका हैनन्। गृहको बरण्डामा आधा दर्जन बढी सहसचिव हुँदा पनि ३ जिल्ला सिडिओबिहीन बनेका छन्।

    खोटाङमा आईतबार आगलागी हुँदा समन्वय गर्ने र व्यवस्थापन गर्ने सिडिओ नै भएन। आगलागी र आन्दोलनको मौसम आउँदैछ। यस्तो अवस्थामा जिल्लाको सिडिओ जस्तो संवेदनशील पद निमित्तका भरमा छाड्नुले गृह मन्त्रालयको अकर्मण्यता देखिन्छ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend