Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रजातन्त्र दिवसले लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण र प्रवर्दधनमा सबैलाई प्रोत्साहित गर्न सकोस् : रास्वपा


७, फागुन २०८१
  • 123
    SHARES
  • प्रजातन्त्र दिवसले लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण र प्रवर्दधनमा सबैलाई प्रोत्साहित गर्न सकोस् : रास्वपा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रजातन्त्र दिवसले सुशासन, सामाजिक न्याय र समावेशी विकासलाई प्रोत्साहन गर्दै, लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण र प्रवर्दधनमा यस दिवसले सबैलाई प्रोत्साहित गर्न सकोस् भन्दै शुभकामना व्यक्त गरेको छ ।

    बुधबार ७५औं ज्रजातन्त्र दिवसको अवसरमा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले एक विज्ञप्ति जारी गर्दै स्वाधीनता, स्वतन्त्रता र प्रजातन्त्रको रक्षाका लागि सबै खाले मतभेदको संवादमार्फत् सहमति खोज्न, राष्ट्रिय आकांक्षा सम्बोधनमा एकता, सहिष्णुता र सद्भावको अभिवृद्धि गर्न तथा मुलुकको समग्र रुपान्तरणमा इमान्दार प्रयत्न गर्न उत्प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।

    यस्तो छ रास्वपाको शुभकामना सन्देश

    विक्रम संवत् २००७ साल फागुन ७ मा जहानियाँ राणाहरूको १०४ वर्षीय निरकुंश पारिवारिक हुकुमी शासनको अन्त्यसँगै नेपालमा प्रजातन्त्र स्थापना भयो । त्यसयताको हरेक फागुन ७ मा हामीले प्रजातन्त्र दिवस मनाउँदै आएका छौं ।

    २०४६ मा प्रजातन्त्रको पुनःस्थापना, २०६३ मा लोकतन्त्रको उदय, २०६५ मा गणतन्त्र स्थापना हुँदै २०७२ मा नयाँ संविधान जारी भएयता हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको अभ्यासमा छौं । शब्दमा प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्र जे भनिए पनि सारमा हामी ‘जनतामा निहित सार्वभौमसत्ता उनकै प्रतिनिधिले प्रयोग गर्ने शासकीय व्यवस्था’मा छौं ।

    प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि भएका संघर्ष, बलिदान र योगदान स्मरण गर्दै, सम्पूर्ण नेपालीजनमा ७५ औं प्रजातन्त्र दिवसको शुभकामना व्यक्त गर्दछौं ।

    प्रजातन्त्र केवल शासन प्रणाली मात्र होइन, यो जनताको अभिव्यक्ति, अधिकार र समुन्नत समाज निर्माणको आधार हो । नागरिक स्वतन्त्रता, मानव अधिकार, विधिको शासन, अवसरको समानता, समानुपातिक–समावेशी प्रतिनिधित्व जस्ता लोकतान्त्रिक मूल्य–मान्यता आत्मसात् गरिरहे पनि मुलुकलाई समृद्धि र स्थायित्वतर्फ अघि बढाउन नसकिएमा जनस्तरले निरन्तर उठाउँदै आएका प्रश्नको जवाफ व्यवस्थाले होइन त्यसका सञ्चालकले दिनुपर्ने तथ्य हामीले सदा स्मरण गरिरहनुपर्छ ।

    यस ऐतिहासिक दिवसले प्रजातन्त्रको महत्व सम्झाउने मात्र होइन, त्यसलाई जोगाइ राख्न नागरिकको कर्तव्य र जिम्मेवारी पनि बोध गराउँछ । सुशासन, सामाजिक न्याय र समावेशी विकासलाई प्रोत्साहन गर्दै, लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण र प्रवर्दधनमा यस दिवसले हामी सबैलाई प्रोत्साहित गर्न सकोस् ।

    यस दिवसले स्वाधीनता, स्वतन्त्रता र प्रजातन्त्रको रक्षाका लागि सबै खाले मतभेदको संवादमार्फत् सहमति खोज्न, राष्ट्रिय आकांक्षा सम्बोधनमा एकता, सहिष्णुता र सद्भावको अभिवृद्धि गर्न तथा मुलुकको समग्र रुपान्तरणमा इमान्दार प्रयत्न गर्न हामी सबैलाई उत्प्रेरित गर्न सकोस्, शुभकामना ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend