Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

काँग्रेसले देशको जिम्मेवारी लिनु छ, अहिले नै ८४ को चर्चा गर्ने सुविधा छैन : महामन्त्री थापा


७, फागुन २०८१
  • 137
    SHARES
  • काँग्रेसले देशको जिम्मेवारी लिनु छ, अहिले नै ८४ को चर्चा गर्ने सुविधा छैन : महामन्त्री थापा

    काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले देशको जिम्मेवारी लिनुपर्ने भएकाले अहिले नै २०८४ सालको चर्चा गर्ने सुविधा काँग्रेसलाई नभएको बताएका छन् ।

    पाल्पाको पूर्वखोलामा बुधबार आयोजित कार्यक्रममा महामन्त्री थापाले अन्य दलले २०८४ पछि देश बनाउने भनिरहेको बताए । काँग्रेसले अहिलेको जिम्मेवारी लिनुपर्ने बताएका हुन् ।

    ‘अनि ८१/८२/८३ मा देश नबनाएर के गरेर बस्ने त अब ? संविधान बनाउनु पनि छैन । प्रजातान्त्रिक व्यवस्था पुनर्स्थापना गर्नु पनि छैन,’ थापाले भने, ‘कुनै आन्दोलन गर्नु पनि छैन । यो तीन वर्षको समय भनेको कम समय हो ?’

    बीपी कोइरालाले १८ महिना मात्रै सरकार चलाउन पाएको स्मरण गरे । अबको चुनावमा जाँदा जितेका स्थानमा घोषणापत्र लिएर नगई यो यो काम गरेँ भनेर जानुपर्नेमा महामन्त्री थापाले जोड दिए ।

    आम नागरिकले विकास भएको भने पनि अपेक्षित नभएको बताइरहेको तर केहीले भने ‘केही पनि भएको छैन’ भनी रुवाबासी सुरु गरेको थापाले बताए । शिक्षा र स्वास्थ्यमा सरकारको जिम्मेवारी हुनुपर्ने र निजी क्षेत्रमा काम गर्ने वातावरण बनाइदिनुपर्नेमा उनले जोड दिए ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend