Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

परराष्ट्रमन्त्री डा. देउवाले गरिन विभिन्न देशका समकक्षीहरुसँग ‘साइडलाइन’ भेटवार्ता


१३, फागुन २०८१
  • 196
    SHARES
  • परराष्ट्रमन्त्री डा. देउवाले गरिन विभिन्न देशका समकक्षीहरुसँग ‘साइडलाइन’ भेटवार्ता

    काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जेनेभामा द्विपक्षीय भेटवार्ताहरुमा व्यस्त रहेकी छिन् ।

    नेपालको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहेकी परराष्ट्रमन्त्री डा. देउवाले विभिन्न देशका आफ्ना समकक्षी तथा अन्य मन्त्रीहरुसँग ‘साइडलाइन’ भेटवार्ता गरेकी छिन् ।

    ती भेटवार्ताका क्रममा मन्त्री डा देउवाले संयुक्त राष्ट्रसङ्घको सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषद्को सदस्य, २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद्को सदस्य एवं सन् २०३७ देखि २०३८ सम्मका लागि सुरक्षा परिषद्को अस्थायी सदस्यमा उम्मेदवारी घोषणा गरेको नेपाललाई सहयोग गर्न सबैसँग आग्रह गरेकी छिन् ।

    साथै जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयलाई मुख्य ‘थिम’ बनाएर आगामी ‘मे’ मा नेपालमा आयोजना हुने सगरमाथा संवाद कार्यक्रममा बढीभन्दा बढी अन्तरराष्ट्रिय समुदायलाई सामेल गराउने तयारी भइरहेको जानकारी दिँदै उनले जलवायु परिवर्तनसम्बन्धी सो कार्यक्रममा सहभागी भइदिन समकक्षी एवं नेताहरुलाई आमन्त्रण गरिन् ।

    त्यसैगरी, भेटवार्ताका क्रममा मन्त्री डा देउवाले नेपाल सन् २०२६ मा विकासोन्मुख राष्ट्रका रुपमा स्तरोन्नति हुने चरणमा रहेकाले त्यसपछिको अवस्थामा नेपाललाई आवश्यक पर्नसक्ने सहयोगका लागि पनि विभिन्न देशका आफ्ना समकक्षीहरु तथा मन्त्रीहरुसँग आग्रह गरिन् ।

    सोमबार मन्त्री डा देउवाले नर्वेका उपविदेशमन्त्री एन्ड्रे क्राभिकसँग भेटवार्ताका क्रममा नेपालको शान्ति प्रक्रियाका साथै आर्थिक–सामाजिक विकासका क्षेत्रमा पु¥याउँदै आएको सहयोगका लागि नर्वे सरकारलाई धन्यवाद दिइन् । उनले जलवायु परिवर्तनका कारण आफूलाई परेको असर तथा जलवायु न्यायका बारेमा अन्तरराष्ट्रिय मञ्चहरुमा नेपालले आवाज उठाउँदै आएको प्रसङ्ग उल्लेख गर्दै नर्वे सरकारबार आवश्यक साथ सहयोग प्राप्त हुने विश्वास व्यक्त गरिन् ।

    साथै नेपाल सन् २०२६ मा विकासोन्मुख राष्ट्रका रुपमा स्तरोन्नति हुने चरणमा रहेकाले त्यसपछिको अवस्थामा नेपाललाई पर्ने सहयोगका लागि पनि परराष्ट्रमन्त्री डा देउवाले नर्वे सरकरको सहयोगको अपेक्षा गरिन् ।

    त्यसैगरी, मन्त्री डा देउवाले किर्गिज रिपब्लिकका उपप्रधानन्त्री एडिल बइसालोभसँग भेटवार्ता गरिन् । त्यस क्रममा उनीहरुबीच जलवायु परिवर्तनको असर तथा हिमाल र पहाडका साझा मुद्दाहरुलाई अन्तरराष्ट्रिय मञ्चहरुमा उजागर गरी जलवायु परिवर्तनसम्बन्धी मुद्दामा सहकार्य गर्ने विषयमा कुराकानी भएको थियो ।

    त्यसैगरी, मन्त्री डा देउवाले फिलिपिन्सका उपविदेशमन्त्री चाल्र्स सी जोसेसँग पनि भेटवार्ता गरिन् । त्यस अवसरमा उनीहरुबीच नेपाल फिलिपिन्स सम्बन्धका विविध पक्षका साथै साझा हित र चासोका बारेमा कुराकानी भएको थियो ।

    फिलिपिन्ससँग जलवायु परिवर्तनका ‘ऐजेन्डा’मा दुवै देश आगामी दिनमा साझा एजेन्डाका साथ कसरी अघि बढ्ने भन्ने विषयसहित साझा हित र चासोका बारेमा कुराकानी भएको थियो । यी भेटहरुमा परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्रसङ्घ महाशाखा प्रमुख कृष्णप्रसाद ढकाल, जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय नेपाली स्थायी प्रतिनिधि रामप्रसाद सुवेदीलगायतको उपस्थिति रहेको थियो ।

    यसअघि मन्त्री डा देउवाले सोमबार नै संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रलाई नेपालका तर्फबाट सम्बोधन गर्नुभएको थियो । सो अवसरमा नेपालका तर्फबाट आगामी सन् २०२७ देखि २०२९ को कार्यकालका लागि राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्यको उम्मेदबारी घोषणा गरिएको थियो । उनले सो सत्रलाई सम्बोधन गर्ने क्रममा मानवअधिकारको संरक्षण र संवद्र्धनका क्षेत्रमा नेपालले व्यक्त गर्दै आएको प्रतिबद्धताको चर्चा गर्दै मानव अधिकार परिषद्को सदस्य पदमा उम्मेदवारी दिएको नेपाललाई सहयोग गरिदिन सबै सदस्य राष्ट्रहरुलाई आग्रह गरेकी थिइन्।

    जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालयमा जारी रहेको मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा राष्ट्रसङ्घका सदस्य राष्ट्रहरुका मन्त्री तथा नेताहरुको सहभागिता रहेको छ ।

    सो सत्रमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा देउवाको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मानवअधिकार तथा अन्तरराष्ट्रिय सन्धिसम्झौता महाशाखा प्रमुख सहसचिव राजेन्द्र थापासहित परराष्ट्र मन्त्रालय र जेनेभास्थित नेपाली स्थायी नियोगका अधिकारी सम्मिलित छ सदस्यीय प्रतिनिधिमण्डलको सहभागिता रहेको छ ।

    राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को यस उच्चस्तरीय सत्रमा सहभागी विश्वका नेता तथा मन्त्रीहरुले मानवअधिकारको रक्षा र प्रवद्र्धनका क्षेत्रमा नेपालको भूमिका तथा शान्ति प्रक्रियामा नेपालले अपनाएको ढाँचा उदाहरणीय रहेको भन्दै सराहना गरेको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ । - रासस

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend