Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

त्रिविद्वारा स्ववियु निर्वाचन समितिलाई थप १३ बुँदे निर्देशन जारी


१६, फागुन २०८१
  • 158
    SHARES
  • त्रिविद्वारा स्ववियु निर्वाचन समितिलाई थप १३ बुँदे निर्देशन जारी

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि १३ बुँदे निर्देशन जारी गरेको छ ।

    त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वयले क्याम्पस/कलेज निर्वाचन समितिलाई थप निर्देशन जारी गरेको हो ।

    चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनका लागि केन्द्रीय अनुगमन तथा समन्वय समितिले निर्देशन जारी गरेको हो । रेक्टरको अध्यक्षतामा रहेको समितिले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न निर्देशन जारी गरेको हो ।

    त्यसका लागि क्याम्पस कलेजले आवश्यकता अनुसार ३ देखि अधिकतम ७ सदस्यीय निर्वाचन आचार संहिता अनुगमन तथा समन्वय समिति गठन गर्न सक्ने र आवश्यकताका आधारमा अन्य समिति समेत गठन गर्न सक्ने जनाएको छ ।

    संघ/सङ्गठन/समूह दर्ता फारम एजेन्ट सङ्ख्या उम्मेदवारी फिर्ता फारम, मुचुल्का ढाँचा लगायत आवश्यक फारमहरू क्याम्पस/कलेजको निर्वाचन समितिले तयार गर्नुपर्नेछ ।

    समितिले स्नातक तह वार्षिक प्रणाली अन्तर्गत प्रथम वर्ष र सेमेष्टरमा माघ ११ गतेसम्म भर्ना भएका विद्यार्थीहरूलाई मतदाता नामावलीमा समावेश गर्नुपर्ने जनाएको छ ।

    क्याम्पस कलेजमा सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तह प्रथम सेमेस्टरमा माघ मसान्तसम्म भर्ना भएका विद्यार्थीहरूलाई मतदाता नामावलीमा समावेश गर्न भनेको छ ।

    student-union-election-nirdeshan-(1)_VDyYoN6qOC.jpgstudent-union-election-nirdeshan-(2)_BooIupL448.jpg

    डीन कार्यालय र परीक्षा नियन्त्रण कार्यालयले २०८१ फागुन १ गतेदेखि चैत्र ४ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरी त्यस बिचमा परीक्षा दिएका वा दिइरहेका विद्यार्थीहरू सोही वर्ष र सेमेष्टरका मतदाताको रूपमा रहने तथा मतदान गर्ने समयमा सोही वर्ष र सेमेष्टरको क्याम्पस परिचयपत्र वा प्रवेश पत्रको आधारमा मतदानको व्यवस्था गर्न सकिने जनाएको छ । उक्त अवधिमा परीक्षा दिएका विद्यार्थीहरूलाई माथिल्लो कक्षामा तत्कालै भर्ना हुनुपर्ने बाध्यकारी अवस्था नरहने समेत प्रस्ट पारेको छ ।

    स्ववियु निर्वाचनको दिन क्याम्पस तथा कलेज हाताभित्र स्वयं सेवकको व्यवस्थालाई पूर्ण रूपमा निषेध गरिएको समेत जनाएको छ । 

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend