Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

उत्तेजनाको राजनीतिले मुलुकलाई फाइदा हुँदैन : महामन्त्री थापा


१८, फागुन २०८१
  • 145
    SHARES
  • उत्तेजनाको राजनीतिले मुलुकलाई फाइदा हुँदैन : महामन्त्री थापा

    नेपालगञ्ज । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले उत्तेजनाको राजनीतिले मुलुकलाई फाइदा नहुने भन्दै संयमित बन्नुपर्ने आवश्यकता औंल्याए । 

    महामन्त्री थापाले सबै दललाई समेटेर संविधान संशोधन प्रक्रियालाई परिपक्क बनाएर अघि बढ्ने बताएका छन् । महामन्त्री थापाले कसैको अधिकार नघटाई थप व्यवस्थित बनाउने गरी संविधान संशोधन गरिने बताए । उनले अब केही दिनमै संविधान संशोधनका लागि राजनीतिक संयन्त्र बनाइने समेत जानकारी दिए । 

    पेशागत तथा बुद्धिजीवी विभाग नेपाली कांग्रेस र डेमोक्रेटिक लयर्स एसोसिएसनले आज नेपालगञ्जमा आयोजना गरेको 'संविधान संशोधनः आवश्यकता र चुनौती' विषयक लुम्बिनी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले निर्वाचन प्रणाली, संघीयता र सुशासन सुदृढ हुने गरी संविधान संशोधन गर्नुपर्नेमा जोड दिए । उनले निर्वाचन अघिको गठबन्धन अप्रिय बनेको अनुभव सुनाउँदै त्यसलाई पनि मध्यनजर गर्नुपर्ने बताए । 

    प्रतिनिधि सभा सदस्य समेत रहेका थापाले उत्तेजनाको राजनीतिले मुलुकलाई फाइदा नहुने भन्दै संयमित बन्नुपर्ने आवश्यकता औंल्याए । थापाले वि.सं. २०८०-९० को दशकलाई विकासको दशक बनाउनुपर्ने बताएका छन् । उनले अबको दश बर्ष विकास, रोजगार र समुन्नतिका लागि काम गर्नुपर्ने बताए ।

    अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौर, केन्द्रीय सदस्यहरु डा. गोविन्द राज पोखरेल, मैकुलाल बाल्मिकी र रंगमति शाही, लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन, सहमहामन्त्री निमा गिरी, बाँके सभापति नारायण प्रसाद गौडेल, संविधानविद् काशी राज दाहाल, अधिबक्ता प्रहलाद बहादुर कार्की, पेशागत तथा बुद्धिजीवी विभाग लुम्बिनी प्रदेशका प्रमुख लक्ष्मण पन्थी लगायतले सम्बोधन गरेका थिए ।

    कांग्रेस केन्द्रीय सदस्य एवम् पेशागत तथा बुद्धिजीवी विभाग प्रमुख डा. डिला संग्रौलाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend