Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कांग्रेसको भावि सभापतिमा उपप्रधानमन्त्री सिंहको पनि दाबी, लिए पार्टीलाई मजबुत बनाउने अठोट


१८, फागुन २०८१
  • 131
    SHARES
  • कांग्रेसको भावि सभापतिमा उपप्रधानमन्त्री सिंहको पनि दाबी, लिए पार्टीलाई मजबुत बनाउने अठोट

    काठमाडौं । १५औं महाधिवेशनको प्रक्रिया आरम्भ नहुँदै सत्तारुढ दल नेपाली कांग्रेसमा भावि सभापतिका लागि आधा दर्जन नेताहरुले आकाँक्षा व्यक्त गरेका छन् ।

    १४औं महाधिवेशनमा उम्मेदवार बनेर पराजित भएकादेखि सभापति शेरबहादुर देउवालाई जिताउन सहयोग गरेकासम्म आधा दर्जनले सभापतिमा आकाँक्षा देखाएका हुन् ।

    यता उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले पनि भावि सभापतिमा दाबी पेश गरेका छन् । आइतबार सुर्खेत पुगेका सिंहले पार्टीलाई एकीकृत र संगठित गर्नका लागि आफू उम्मेदवार हुनै पर्ने बताए । उनले आफू सभापति भएदेखि पार्टीको आन्तरिक लोकतन्त्र बलियो हुने र सबै पक्षले मिलाएर लैजाने योजना पनि सुनाए ।

    गत १४औं महाधिवेशनमा सभिापतिमा उठेर दोस्रो चरणमा देउवालाई सघाएका सिंहले आफू त्यो भन्दा तल जाने ठाउँ नरहेको सुनाउँदै भावि सभापतिमा उठ्ने प्रष्ट संकेत गरेका हुन् । ‘जुन पदमा म छु, त्योभन्दा तल जान म तयार छैन,’ उनले भने, ‘नेतृत्व परिवर्तन पार्टी विधानअनुसार नै हुन्छ। यसमा कसैले व्यक्तिगत स्वार्थ पूरा गर्ने भन्दा संस्थागत विकासलाई प्राथमिकता दिनुपर्छ।’

    आफू सभापति भएको खण्डमा पार्टीमा कुनै गुट उपगुट नहुने सिंहको दाबी छ । उनले आफ्नो राजनीतिक यात्रा विद्यार्थीकालदेखि सुरु भएको र स्थानीय तह हुँदै पार्टी नेतृत्वमा पुग्दासम्मका अनुभवले आफू पार्टीको नृेतत्व लिन योग्य रहेको सुनाए । ‘मैले पार्टीलाई संगठनात्मक रूपमा मजबुत बनाउने अठोट गरेको छु’ उनले भने।

    कांग्रेसको विधान अनुसार २०८२ सालको मंसिरमा नियमित महाधिवेशन हुनुपर्ने छ । यद्यपि विधानले थप एक वर्ष कार्यकाल लम्ब्याउन मिल्ने र संविधानले अर्को ६ महिना म्याद थप्न सक्ने व्यवस्था गरेको हुँदा देउवाले थप डेढ वर्ष पार्टीको नेतृत्व गर्ने देखिन्छ ।

    विधानत: देउवाले तेस्रो कार्यकाल पार्टीको नेतृत्व गर्न पाउँदैनन् । त्यसैले पनि उनी कानूनले दिएको अधिकतमा सीमाको उपयोग गर्ने रणनीतिमा छन् । देउवा सभापतिको दौडबाट स्वत” बाहिरिने हुँदा हाल कांग्रेसमा सभापतिको खोजी भइरहेको छ ।

    सभापतिका लागि गत महाधिवेशनमा पराजित डा शेखर कोइराला, हालका उपसभापति पूर्णबहादुर खड्का, पूर्व उपसभापतित्रय सिंह, विमलेन्द्र निधि र गोपालमान श्रेष्ठले दाबी गरेका छन् भने संस्थापन बाटै महामन्त्री गगन थापाले देउवाको उत्तराधिकारी हुने प्रयास गरिरहेका छन् ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend