Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

स्वदेशमै रोजगार सृजना गरी युवालाई देशमै बस्ने वातावरण बनाउनुपर्छ : नेता कोइराला


१८, फागुन २०८१
  • 184
    SHARES
  • स्वदेशमै रोजगार सृजना गरी युवालाई देशमै बस्ने वातावरण बनाउनुपर्छ : नेता कोइराला

    बुटवल । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकलाई युवाहरु नै मिलेर बनाउनुपर्ने बताएका छन् ।

    नेपालका युवाहरुले विश्वका सफल मुलुक बनाई सकेको उल्लेख गर्दै मुलुकमा सुशासन कायम भएमा युवाहरुले स्वदेशमै रोजगार सृजना गर्ने र मुलुकलाई समृद्ध बनाउने बताए । युवालाई देशमै वस्ने बातावरण मिलाउन जोड रहेको बताए ।

    नेपाली काँग्रेस केन्द्रीय सुचना, संचार तथा प्रचार विभागले आइतबार बुटवलमा गरेको "राष्ट्र निर्माणमा युवाको योगदान तथ्यमा आधारित प्रचार अभियान" विषयक कार्यक्रम उद्घाटन गर्दै उनले राजनीतिमा इमानको आवश्यकता रहेको बताए । 

    प्रतिनिधि सभा सदस्य समेत रहेका कोइरालाले नेपालमा केही हुँदैन भन्ने सोचलाई बदल्न जरुरी रहेको भन्दै ‘हामी नेपाली हो, हामी बनाउछौ नेपाल भन्ने सोच राख्न जरुरी छ ।’ त्यसको निम्ती हामीले सुशासन दिन सक्नुपर्छ ।’ युवाहरुलाई उद्यमशिल बनाउनु पर्ने उल्लेख गर्दै युवालाई सम्भावनाको बाटो कोरिदिन सरकारको ध्यानाकर्षण गराए । काँग्रेसका विभागहरुले नागरिकको चिन्ता बुझ्ने काम गर्नुपर्ने बताए । उनले काँग्रेसलाई असफल हुने छुट नभएको जिकिर गर्दै त्यतातिर सबै जिम्मेवार बन्न आग्रह गरे ।

    कार्यक्रममा पुर्वगृहमन्त्री तथा कांग्रेसका नेता बालकृष्ण खाँणले समयकै मितिमा महाधिवेशन हुने बताए । उनले काँग्रेसले संविधान र विधानको ब्यवस्थालाई कहिले उलंघन गर्न नसक्ने भएकाले विधानत पार्टिको महाधिवेशन समयमानै हुने ठोकुवा गरे ।

    उनले प्रजातान्त्रिक पद्दतीमा सत्ताको हस्तान्तरण गरिने पार्टी काँग्रेस मात्र भएकाले तोकिएकै मितिमा नेतृत्व परिवर्तनका लागि महाधिवेशन हुने स्पष्ट पार्नुभयो । अहिलेको परिस्थितीमा मुलुकलाई निकास दिने नेतृत्व आवश्यक परेको बताए ।

    कार्यक्रममा विभिन्न तहका नेताहरुले धारणा राखेका थिए । साथै नेपाली काँग्रेस केन्द्रीय सुचना, संचार तथा प्रचार विभागका संयोजक मिन बिश्वकर्माले कार्यक्रमका बारेमा बताएका थिए । उक्त कार्यक्रमको अध्यक्षता विभागीय सदस्य कमला पाण्डेले गरेकी थिइन ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend