Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा उपराष्ट्रपतिद्वारा शुभकामना


२४, फागुन २०८१
  • 118
    SHARES
  • अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा उपराष्ट्रपतिद्वारा शुभकामना

    काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले परम्पराको नाममा समाजमा कायम रहेका गलत मान्यता र अभ्यासलाई निर्मूल गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

    अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले बालविवाह, बोक्सी, छाउपडी, दहेज आदिलाई परित्याग गर्दै महिला, किशोरी तथा बालिकामाथि हुने सबै खाले विभेद, उत्पीडन, हिंसा, अत्याचारको निर्मूल गर्न जरूरी रहेको उल्लेख गरेका छन्।

    महिलाको सशक्तिकरण, समावेशिकरण, समानता, शिक्षा, स्वास्थ्य, आत्मनिर्भरतालगायतको पक्षमा वकालत गर्न यो दिवस विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी अन्तरराष्ट्रिय महिला दिवस (८ मार्च) मनाइन्छ । महिलाको सम्मान हामी सबैले गर्न सक्नुपर्ने उनको भनाइ छ ।

    “आमनागरिकका लागि लैङ्गिक समानता र महिलाको अधिकारबारे जागरूकता अभियान थप सक्रियताका साथ चलाउन आवश्यक छ, पछिल्लो समय नेपाली महिलाले विभिन्न क्षेत्रमा महत्वपूर्ण उपलब्धी र सफलता हासिल गर्नु गौरवको विषय हो”, उनले भनेका छन्।

    त्यसमा निरन्तरता कायम राख्दै सफलताको थप उचाइमा पुग्ने प्रयत्न र प्रयासको खाँचो रहेको उल्लेख गर्दै उनले आजको सन्दर्भमा, महिला सशक्तिकरण/सबलीकरण एउटा ज्वलन्त प्रश्न रहेको बताए। सबलीकरणबाटै महिलालाई सामाजिक, आर्थिक र शैक्षणिकरूपमा सुदृढ बनाउन र उनीहरूको व्यक्तिगत पहिचान स्थापित गराउन सकिने उनको भनाइ छ ।

    महिलाले देश र समाजको विकास एवं प्रगतिमा सदैव महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै उनले उनीहरूको साक्षरता, जागरूकता, आत्मनिर्भरता बढाउन समन्वित, संगठित प्रयास जरूरी रहेको बताएका छन् । महिलालाई आर्थिक, सामाजिक, राजनीतिक र मानसिकरूपमा बलियो बनाउन सक्नुपर्ने उनको भनाइ छ ।

    पछिल्लो समय आर्थिक, सामाजिक, राजनीतिक, जलवायु परिवर्तन लगायतका विभिन्न सङ्कटको सामना गरिरहेको अन्तरराष्ट्रिय जगतका लागि लैङ्गिक समानता हासिल गर्नु पहिलेको तुलनामा झनै महत्वपूर्ण भएको उनले बताएका छन् ।

    सन्देशमा भनिएको छ, “जीवनका सबै पक्षमा महिला र बालिकाको अधिकार सुनिश्चित गर्नु नै समृद्ध र न्यायपूर्ण अर्थतन्त्र एवं भावी पुस्ताका लागि स्वस्थ तथा सुरक्षित समाज र देश निर्माण गर्नु हो ।”

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend