Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्री र राष्ट्रपति जनताले चुनेका होइनन् : सांसद शाही


३, चैत २०८१
  • 145
    SHARES
  • प्रधानमन्त्री र राष्ट्रपति जनताले चुनेका होइनन् : सांसद शाही

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेल जनताले नचुनेको बताएका छन् ।

    प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद शाहीले उनीहरूलाई सीमित सांसदहरूले चुनेको बताए ।

    वर्तमान व्यवस्था जनतालाई चाहिएको नभई ठुला बडा सबै मिलेर खानलाई चाहिएको उनले बताए । गरिब जनताका लागि यो व्यवस्था उचित नभएको उनको भनाइ थियो ।

    उनले गणतन्त्रमा मदन भण्डारीको हत्या गर्ने व्यक्ति, लमजुङमा शिक्षक, निर्मला पन्तलगायत घटना भएको लामो समय भए पनि हत्यारा पत्ता लगाउन नसकिएको बताए ।

    उनले आफूहरूले राजासहितको लोकतान्त्रिक प्रजातन्त्रका लागि प्रयास गरिरहेका बताएका छन् । ‘प्रजातन्त्र र लोकतन्त्र मासिन्न, राष्ट्रपतिका स्थानमा राजा राखिन्छ । राजासहितको राजतन्त्र चाहिन्छ, खुलमखुला बहस गर्न तयार छौँ,’ उनले भने ।

     

     

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend