Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नेपालमा राजतन्त्र फर्किने सम्भावना छैन : सभापति देउवा


१०, चैत २०८१
  • 146
    SHARES
  • नेपालमा राजतन्त्र फर्किने सम्भावना छैन : सभापति देउवा

    पाटन (ललितपुर) । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा राजतन्त्र फर्किने सम्भावना नरहेको बताएका छन् ।

    कांग्रेस बागमती प्रदेश समितिको प्रशिक्षण विभागद्वारा आज यहाँ आयोजित कार्यक्रममा केही दिनयता राजावादी पक्षधरहरूको गतिविधिप्रति इङ्गीत गर्दै सभापति देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन नसक्ने धारणा व्यक्त गरे ।

    कांग्रेस प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुका लागि आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटनका अवसरमा उनले भने, “नेपालमा राजतन्त्र फर्किने सम्भावना छैन, ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक व्यक्ति पनि होइनन्, बरु राष्ट्रिय प्रजातन्त्र पार्टीले ज्ञानेन्द्रलाई पार्टी सभापति बनाए हुन्छ ।”

    सभापति देउवाले पूर्वराजा ज्ञानेन्द्रलाई राजनीति नै गर्नेभए पार्टी खोल्न सुझाव दिए । “राजनीति गर्ने भए पार्टी खोल्दा भइहाल्यो नि १ तर त्यो पार्टीमा जानेहरूले धेरै नै दुःख पाउँछन्”, सभापतिले भने । उनले गणतन्त्रका पक्षमा एकजुट भएर लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

    कांग्रेस बागमती प्रदेश उपसभापति एवं प्रदेश प्रशिक्षण विभाग प्रमुख चन्द्र महर्जनको सभापतित्वमा भएको प्रशिक्षण कार्यक्रममा प्रवक्ता डा.प्रकाशशरण महत, प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका निर्देशक डा.कृष्णप्रसाद पौडेल, बागमती प्रदेशका कोषाध्यक्ष डा.भद्रा पराजुली भण्डारी, केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण विभागका कार्यकारी निर्देशक डा.बुद्धिमान श्रेष्ठलगायतको उपस्थिति थियो । - रासस

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend