Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

उर्जामन्त्री खड्काको दाबी : लोडसेडिङ हटाउन कुलमानको कुनै योगदान छैन


११, चैत २०८१
  • 131
    SHARES
  • उर्जामन्त्री खड्काको दाबी : लोडसेडिङ हटाउन कुलमानको कुनै योगदान छैन

    काठमाडौं । उर्जामन्त्री दीपक खड्काले नेपालमा लोडसेडिङ अन्त्य भारतको सहयोगको कारणमात्रै सम्भव भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै मन्त्री खड्काले यस्तो बताएका हुन् ।

    उनले भने,‘विद्युतको आन्तरिक माग उत्पादनले धान्न नसकेपछि लोडसेडिङ्ग गर्नु पर्ने बाध्यता परेको थियो । लोडसेडिङ्ग बाध्यता हटाउन भारतबाट विद्युत खरिद गर्नु शिवाय अर्को विकल्प थिएन । आज पनि सुख्खायाममा भारतबाट करिब एक हजार मेगावाट विद्युत खरिद गरी लोडसेडिङ्गमुक्त गरिएको अवस्था छ ।’

    उनले २०६३/०६४ मा तत्कालीन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आफ्नो कार्यकालमा डल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रशारण लाइन निर्माणको कार्य गराएको र तत्कालीन एमडी मुकेश काफ्ले रहेको अवस्थामा भएको प्रशारण लाइन निर्माणका कारण लोडसेडिङ्गमुक्त गर्न सफल भएको दाबी सुनाए ।

    उनले भने,‘लोडसेडिङ हटाउने कार्यमा हालका एमडी कुलमानको कुनै योगदान छैन । तर यसको सम्पुर्ण श्रेय उहाँ आफैले लिँदै हिड्ने गर्नुभएको छ ।’

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend