Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

निर्माण सामाग्रीमा भइरहेको मूल्यवृद्धिबारे मेरो गम्भीर ध्यानाकार्षण भएको छ : सभापति देउवा


११, चैत २०८१
  • 194
    SHARES
  • निर्माण सामाग्रीमा भइरहेको मूल्यवृद्धिबारे मेरो गम्भीर ध्यानाकार्षण भएको छ : सभापति देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विकास निर्माणका योजनाहरु तोकिएको समयमा, निर्धारित लागतमा गुणस्तरीय रुपमा सम्पन्न नहुनु आजको मुख्य समस्या रहेको बताएका छन् ।

    सोमबार पार्टीनिकट निर्माण व्यवसायीहरुसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले गुणस्तरीय विकास निर्माणका लागि सरकारले पनि ध्यान दिनुपर्ने बताए ।

    निर्माण व्यवसायीहरुको हक हितका लागि पार्टीको तर्फबाट सरकारलाई खबरदारी गर्ने पनि सभापति देउवाले विश्वास व्यक्त गरे ।

    त्यस्तै, निर्माण सामाग्रीमा भइरहेको मूल्यवृद्धिको बारेमा आफ्नो गम्भीर ध्यानाकार्षण भएको पनि उनले बताए । मूल्यवृद्धिको समस्या समाधान गर्नका लागि आफू पार्टीको तर्फबाट निरन्तर लागिरहने सभापति देउवाले बताए ।

    ‘निर्माण सामाग्रीमा भइरहेको मूल्यवृद्धि, व्यवसायका लागि उपयुक्त वातावरणको अभावलगायतका विषयमा पनि मेरो गम्भीर ध्यानाकार्षण भएको छ । यस समस्याको समाधानका लागि आफ्नो तर्फबाट हुने र पार्टीको तर्फबाट हुने कुरामा म लागिरहने छु,’– उनले भने ।

    सभापति देउवाले आफू निर्माण व्यवसायीहरुलाई प्रोत्साहन गर्ने काममा सदैव लागिरहने पनि बताए ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend