Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कांग्रेस, एमाले र माओवादी नै राजा ल्याउनेगरि षड्यन्त्रमा लागेको सिके राउतको आरोप


१२, चैत २०८१
  • 114
    SHARES
  • कांग्रेस, एमाले र माओवादी नै राजा ल्याउनेगरि षड्यन्त्रमा लागेको सिके राउतको आरोप

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले अहिलेका प्रमुख राजनीतिक दलहरु कांग्रेस, एमाले र माओवादीले नै राजा ल्याउनेगरि माहोल तयार पारेर षड्यन्त्रमा लागेको आशंका व्यक्त गरेका छन् ।

    उनले देशमा लोकप्रिय रहेका र भइरहेका सबैमाथि एक एक गरी हमला गरिएको भन्दै प्रमुख तीन दलको आलोचना गरेका हुन् । उनले राजावादीहरुको आन्दोलनलाई धेरै महत्व दिएर सरकारले नै माहोल बनाईदिएको पनि आरोप लगाएका छन् । राउतले फेशबुकमार्फत लेखेका छन्-

    मलाई मात्रै यस्तो लागेको हैन होला - संवेदनशील भएर जानु पर्नेमा देशमा लोकप्रिय रहेका/भइरहेका सबैमाथि एक-एक गरी हमला गर्दै नेपाली काँग्रेस, नेकपा (एमाले), र माओवादीले नै 'बर्डेन शिफ्टिङ' का लागि राजा ल्याउने गरी माहौल बनाउँदै षड्यन्त्र गरेका हुन् कि?
     
    कुलमान घिसिङलाई बरखास्त गरेको, सभापति मा. रवि लामिछाने र रास्वपालाई अदालतमै बाँधिदिएको, राजावादीहरूको आन्दोलनलाई धेरै महत्व दिएर सरकारले नै माहौल बनाइदिएको, अझ पूर्व राजालाई पक्राऊ गर्ने भ्रमपूर्ण हल्ला फिँजाएर केही जनतालाई झन् आक्रोशित बनाएको, चैत्र १५ गते समाजवादी मोर्चाले प्रदर्शन गर्ने भनेर मुठभेडको वातावरण बनाइदिएको, बालेनलाई भित्तामा पुर‍‍्याउने गरी चिढ्याएको, मधेश र थरूहटबाट उदाएका शक्तिहरूलाई मेटाउने गरी विधेयक ल्याउन लागेको।
    Screenshot (30).png

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend