Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भूमिसम्बन्धी नयाँ विधेयक ल्याउने विषयमा छलफल


१३, चैत २०८१
  • 137
    SHARES
  • भूमिसम्बन्धी नयाँ विधेयक ल्याउने विषयमा छलफल

    काठमाडौँ । सत्तापक्षीय दलहरुले भूमिसम्बन्धी अध्यादेशका विषयमा छलफल गर्दै सो सम्बन्धमा नयाँ विधेयक मस्यौदा तयारी गरी संसद्मा लैजाने तयारी गरेका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटरमा बुधबार बसेको सत्तापक्षीय दलका शीर्ष नेताको बैठकमा सो अध्यादेशका सम्बन्धमा रहेका जनता सामाजवादी पार्टी नेपालका चासोलाई सम्बोधन गरेर अघि बढ्ने बारेमा छलफल भएको थियो ।

    बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भूमिसम्बन्धी अध्यादेशका सम्बन्धमा नयाँ विधेयक मस्यौदा अघि बढाउने बारेमा निष्र्कष निकालेको बताए । उनले भने, “जसपा नेपालका भूमिसम्बन्धी अध्यादेशका विषयमा केही चासो थिए । त्यो कुरालाई बैठकमा प्रधानमन्त्री ज्यूले स्पष्ट पार्नुभयो । त्यही स्पष्टताका साथ विधेयकमा व्यवस्था गर्ने कुरा भयो । लगभग सहमतिको चरणमा पुगेका छौँ ।”

    बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत उपस्थित थिए । रासस

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend