Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्री ओलीले गृहजिल्लामा एक लाख मान्छे उतार्ने


१५, चैत २०८१
  • 171
    SHARES
  • प्रधानमन्त्री ओलीले गृहजिल्लामा एक लाख मान्छे उतार्ने

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो गृहजिल्ला झापामा विशला जनप्रदर्शन गर्ने भएका छन् ।

    एमालेको ब्यानरमा आयोजना हुने उक्त जनसभामा एक लाख मान्छे तयारी भएको शीर्ष नेताहरुले जनाएका छन् । एमालेले यही चैत्र ३० गते झापाको दमकमा जनसभा तथा प्रदर्शन गर्ने भएको एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका ईञ्चार्ज शेरधन राईले जानकारी दिए ।

    उनै राईले उक्त जनसभामा एक लाख जनता उतार्ने घोषणाा गरेका हुन् । प्रतिगामीहरुलाई टाउको उठाउन नदिने एमालेको तयारी छ । यता, काठमाडौंमा भने आज माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेकपा र नेसपासम्मिलित समाजवादी मोर्चाले जनप्रदर्शन गर्दैछ । आजको प्रदर्शनमा डेढ लाख जनता उतार्ने मोर्चाको दाबी छ ।

    राजावादीहरुले दिनानुदिन व्यवस्था फाल्ने भनेर प्रदर्शन गर्न थालेपछि गणतन्त्र पक्षधरहरु पनि काउन्टर प्रदर्शनमा उत्रिन थालेका छन् । समाजवादी मोर्चाको आजको प्रदर्शनलाई लिएर एमाले महासचिव शंकर पोखरेलले सकारात्मक कदम भनेका छन् ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend