Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

७ बुँदे घोषणापत्र जारी गर्दै “पाणिनि तपोभूमि सम्मेलन” सम्पन्न


२८, चैत २०८१
  • 402
    SHARES
  • ७ बुँदे घोषणापत्र जारी गर्दै “पाणिनि तपोभूमि सम्मेलन” सम्पन्न

    अर्घाखाँची । ७ बुदे घोषणापत्र जारी गर्दै “पाणिनि तपोभूमि सम्मेलन २०८१” सम्पन्न भएको छ ।

    “संस्कृत व्याकरणका पिता पाणिनि ऋषिको पहिचान, तपोभूमिको विकास र व्यापकता सम्मेलनको अभियान” भन्ने मूल नारासहित आयोजित पाणिनि तपोभूमि सम्मेलन २०८१ सात बुँदे घोषणापत्र जारी गर्दै भव्यताका साथ सम्पन्न भएको हो।

    दुई दिनसम्म पाणिनि तपोभूमिमा चलेकाे सम्मेलनले पाणिनि ऋषिको योगदानको पहिचान, धार्मिक र सांस्कृतिक पर्यटन प्रवर्द्धन तथा यस क्षेत्रको समग्र विकासमा जोड दिँदै घोषणापत्र सार्वजनिक गरेको हो।

    पाणिनि गाउँपालिका, उद्योग, पर्यटन तथा यातायात मन्त्रालय लुम्बिनी प्रदेश, पर्यटन विकास परिषद बुटवल, रैनादेवी छहरा गाउँपालिका पाल्पा र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा सम्पन्न सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री ओलीले पाणिनि ऋषिको योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अभियानमा सबै पक्ष एकजुट हुनुपर्ने धारणा राखेका थिए ।

    सम्मेलनमा स्थानीय, प्रदेशस्तरीय र केन्द्रीय तहका प्रतिनिधिहरू, धार्मिक गुरु, पर्यटन विज्ञ, अनुसन्धानकर्ता तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता थियो।

    सम्मेलनबाट पारित सात बुँदे घोषणापत्रमा पाणिनि क्षेत्रको धार्मिक, ऐतिहासिक र शैक्षिक महत्व उजागर गर्दै विकासका पूर्वाधार निर्माण, अन्तर्राष्ट्रियस्तरको अनुसन्धान केन्द्र स्थापनाको पहल, पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन, महर्षि पाणिनिय व्याकरणसम्वन्धी प्रारम्भिक ज्ञान प्रदान गर्नका लागि स्थानीय पाठ्यक्रममा समावेश गर्नका लागि पाठ्यपुस्तक तयारी गरिने र स्थानीय जनताको सहभागिता सुनिश्चित गर्दै दिगो विकासको योजना कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिइएको छ।

    पणिनि तपोभूमि सम्मेलन २०८१ द्धारा जारी घोषणापत्र

    महर्षि पाणिनिले तपसाधना गरी संसारलाई व्याकरण दिएको स्थल अर्घाखाँची जिल्लाको पाणिनि तपोभूमिमा मिति २०८१ चैत्र २७ र २८ गते आयोजित दुई दिने पाणिनि तपोभूमि सम्मेलन भब्यतापूर्वक सम्पन्न भयो । पाणिनि महान व्याकरणका रचयिता तथा भाषाविद् हुनुहुन्थ्यो । उहाँको प्रमुख ग्रन्थ “अष्टाध्यायी“को रचना यसै ठाउँमा भएको थियो । जसमा संस्कृत भाषाका सम्पूर्ण सूत्र व्यवस्थित गरिएका छन् ।

    भाषाशास्त्रको पिता पाणिनिको यो ग्रन्थ अत्यन्तै वैज्ञानिक छ र उनको प्रणाली आजका कम्प्युटर भाषाहरूको संरचनामा समेत उपयोगी मानिन्छ । संस्कृत व्याकरणको वैज्ञानिक अध्ययन, जसमा ध्वनि, शब्द, वाक्य संरचना तथा व्याकरणका नियमहरू संकलित छन् । यसलाई आजको आधुनिक आर्टिफिसियल इन्टेलिजेन्सलेसमेत प्रयोगमा ल्याउन सकेको छ ।

    उपर्युक्त पृष्ठभूमिमा आयोजित पाणिनि तपोभूमि सम्मेलनलाई उच्च प्राथमिकता दिदै सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्घाटन गर्नुभएकोले उहाँप्रति कृतज्ञता प्रकट गर्दै यो सम्मेलनबाट हामी निम्नलिखित ७ वूँदे घोषणापत्र जारी गर्दछौं ।

    १. पाणिनि व्याकरण र संस्कृत भाषा प्रवद्र्धनका लागि गुरुकुल शिक्षा सञ्चालन गर्नुका साथै संस्कृत भाषा र व्याकरणको अध्ययनलाई आधुनिक शिक्षा प्रणालीमा समेट्नका लागि नेपाल सरकारलाई अनुरोध गर्ने ।

    २.राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका संस्कृत तथा भाषा विज्ञान अनुसन्धानकर्ताहरूसँग सहकार्य गरी अध्ययन तथा अनुसन्धान केन्द्रको स्थापना र सञ्चालनका लागि सस्कृत विश्वविद्यालयसँग सहकार्य गर्ने ।

    ३.पाणिनि क्षेत्र परापूर्वकालदेखि साधना, तप र सृजनाको स्थल भएकोले साधना तथा तपस्थल एवं मानव कल्याणमा प्रभाव पार्न सक्ने गरी अनुसन्धान र सृजनाको लागि पूर्वाधारको व्यवस्था गरिने ।

    ४. पाणिनि तपोभूमिको वरपर दुर्वासा मुनिको आश्रम छ । महर्षि देवदत्तकी पुत्री प्रसिद्ध रुरु कन्याको तपस्थल रुरु क्षेत्र छ । प्रख्यात् काली गण्डकी नदीको संगम छ । यसै तपोभूमिको पश्चिम भागमा रावणले नाचेर शिवलाई सन्तुष्ट पारेको ठाउँ नर्तनाचल छ । नर्तनाचलमै ऐतिहासिक सुपा देउराली मन्दिर र दक्षिणी भागमा रामले वाणंले हानेर पहरो फोरेर पानी निकालेको बांणगंगा नदी छ । यिनै पृष्ठभूमिमा नर्तनाचलदेखि यस तपोभूमिसम्म पदयात्राको विकास गर्नुका साथै पर्यटकलाई भुलाउन र डुलाउन सकिने छिमेकी जिल्लाका धार्मिक साँस्कृतिक क्षेत्रलाई समेटेर पाणिनि चक्रपथको निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने ।

    ५. महर्षि पाणिनिय व्याकरणसम्वन्धी प्रारम्भिक ज्ञान प्रदान गर्नका लागि अर्घाखाँचीका साथै छिमेकी जिल्लासँग समन्वय गरी स्थानीय पाठ्यक्रममा समावेश गर्नका लागि पाठ्यपुस्तक तयारी गरिने ।

    ६. पाणिनि क्षेत्रको समग्र विकासका लागि गुरुयोजना अनिवार्य हुने भएकोले विभिन्न सरोकावाला निकाय र विज्ञहरुसँगको परामर्शबाट सम्पदा मैत्री गुरुयोजना यथाशीघ्र सम्पन्न गरी तदनुसारका कार्यलाई अगाडि वढाउने ।

    ७. पाणिनि क्षेत्रको विकासका लागि यस जिल्ला र क्षेत्रका वासिन्दालगायत सवै सरकारी गैरसरकारी संघसस्थाहरुबाट आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिवद्धता जाहेर गर्दछौं ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend