Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्री ओलीसँग भारतीय राजदूत श्रीवास्तवले गरे भेटवार्ता


२६, वैशाख २०८२
  • 135
    SHARES
  • प्रधानमन्त्री ओलीसँग भारतीय राजदूत श्रीवास्तवले गरे भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् ।

    आज (शुक्रबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर श्रीवास्तवले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।

    भेटमा उनले जम्मू कश्मिरको पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणपछि उत्पन्न परिस्थितिको बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराएको बताइएको छ ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार श्रीवास्तवले आतङ्कवादी आक्रमण भएको ठाउँमा भारतले जवाफी कारबाही गरेको बताएका थिए ।

    तर, जेट हमला गरेको भन्ने प्रचार सत्य नभएको उनले बताए । श्रीवास्तवले आतङ्कवादविरुद्ध नेपाल सरकारले जनाएको ऐक्यवद्धताप्रति आभार व्यक्त गरेको पनि बताइएको छ ।

    नेपालका लागि भारतीय राजदूत श्रीवास्तवलाई प्रधानमन्त्री ओलीले नेपाल सधैं विश्व शान्तिको पक्षमा रहेको र आतङ्कवादको सधैं खुलेर विरोध गर्ने विश्वास व्यक्त गरे ।

    सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले नेपालले कुनै पनि द्वन्द्वरत शक्तिलाई आफ्ना छिमेकी राष्ट्रहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने पनि बताए ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend