Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सगरमाथा संवादका लागि भारतबाट १५ विद्युतीय गाडी सहयोग


२८, वैशाख २०८२
  • 117
    SHARES
  • सगरमाथा संवादका लागि भारतबाट १५ विद्युतीय गाडी सहयोग

    काठमाडौँ । नेपाल सरकारले आगामी जेठ २ गतेदेखि आयोजना गर्न लागेको “सगरमाथा संवाद“ कार्यक्रमका लागि भारत सरकारले १५ वटा विद्युतीय सवारी साधन (गाडी) सहयोग स्वरूप प्रदान गरेको छ ।

    नेपाल–भारत सहयोग कार्यक्रम अन्तर्गत उपलब्ध गराइएका ती गाडीहरू आज परराष्ट्र मन्त्रालयमा आयोजित विशेष समारोहमार्फत हस्तान्तरण गरिएको हो । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले ती गाडीहरू परराष्ट्र मन्त्री डा. आरजु राणा देउवालाई हस्तान्तरण गरे ।

    समारोहमा मन्त्री डा. राणाले भारत सरकारलाई सहयोगका लागि धन्यवाद दिँदै भनिन्, “जलवायु परिवर्तन नेपालको मात्र नभई सम्पूर्ण क्षेत्रको साझा चुनौती हो । यसको समाधानका लागि आपसी समन्वय र सामूहिक प्रयास अपरिहार्य छ ।”

    उनले सगरमाथा संवाद कार्यक्रमले जलवायु परिवर्तनसम्बन्धी क्षेत्रीय समस्याको उजागर गर्नुका साथै त्यसको समाधानका उपाय खोज्न सामूहिक प्रयासको मोडल तय गर्ने बताइन् । मन्त्री राणाका अनुसार, मे १६ देखि १८ सम्म चल्ने सगरमाथा संवादको तयारी अन्तिम चरणमा पुगेको छ र नेपाल सरकार विदेशी अतिथिहरूको स्वागतका लागि तयार छ ।

    सो अवसरमा भारतीय राजदूत श्रीवास्तवले भारतले नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै भने “जलवायु परिवर्तनको साझा चुनौतीको सामना गर्न भारत सधैँ नेपालसँग सहकार्य गर्न तयार छ ।”

    सगरमाथा संवाद जलवायु परिवर्तनको असर, अनुकूलन र समाधानका विषयमा क्षेत्रीय तथा विश्वव्यापी छलफलको मञ्चको रूपमा परिचालित हुँदै आएको छ ।

    gqpqcoubqae2i1x_cUgeOLWhaR.jpg

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend