Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कैलाली अनेरास्ववियुमा नयाँ नेतृत्वका लागि विद्युतीय चुनाव


२९, जेठ २०८२
  • 90
    SHARES
  • कैलाली अनेरास्ववियुमा नयाँ नेतृत्वका लागि  विद्युतीय चुनाव

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुमा नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै छ । उम्मेदवारको अन्तिम नामावली हिजै सार्वजनिक गरेर विद्युतीय मेसिनमा उम्मेदवारीका नाम राख्ने काम सम्पन्न भइसकेको छ।  निर्वाचन बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युतीय मेसिनमार्फत हुनेछ।

    २४औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत अध्यक्ष पदका लागि प्रकाश पौडेल र डा. सुजन कडरियाबीच प्रतिस्पर्धा हुँदै छ। खुला उपाध्यक्षमा विकास श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी  र गणेशबहादुर शाही उम्मेदवार छन् ।

    महिला उपाध्यक्षमा सुजिता धिताल, अञ्जना सिवाकोटी, भवानी बजगाईँ र आरती भट्टराईको उम्मेदवारी परेको छ। महासचिवमा आरके रोमश, दीपक धामी र सुनिल कँडेल प्रतिस्पर्धामा छन् । उपमहासचिवमा अमर बहादुर शाही कमल जोशी र प्रेमिका शाही उम्मेदवार छन्।  सचिवमा रक्षा बम, मनोज राई, अनुप लामिछाने,रोहित बम, स्मृती बराल, रेखा न्यौपाने,मदन भण्डारी, आकाश अधिकारी लगायत ३५ जनाको उम्मेदवारी परेको छ। 

    निर्वाचनमा  ४३ वटा विद्युतीय मेसिन प्रयोग गरिएको छ । करिब १,५४३ प्रतिनिधिले मतदान गर्नेछन् । पहिलोपटक ३२ वर्ष उमेरहद लागू गरेर निर्वाचन हुन लागेको हो।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend