Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

महासचिव पोखरेल वेलायत प्रस्थान: संगठन सुदृढीकरणमा नयाँ आयाम


२९, जेठ २०८२
  • 585
    SHARES
  • महासचिव पोखरेल वेलायत प्रस्थान: संगठन सुदृढीकरणमा नयाँ आयाम

    काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव आदरणीय कमरेड शंकर पोखरेल तथा पोलिटब्युरो सदस्य सुजिता शाक्य आज वेलायत प्रस्थान गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्नुभएका उनीहरू ‘अन्तर्राष्ट्रिय नेपाली मंच’ को वेलायत अधिवेशन र कतार राष्ट्रिय कमिटीको विशेष कार्यक्रममा सहभागी हुने स्वकिय सचिव सरोज कुमार रेग्मीले बताएका हुन ।

    महासचिवको यो भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ,जसले प्रवासमा रहेका नेपाली समुदायमा पार्टीको सशक्त उपस्थिति र संगठनात्मक गतिविधि विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। महासचिव पोखरेलको सहभागिताले पार्टीले प्रवासी नेपालीहरूको मुद्दालाई प्राथमिकतामा राख्ने संकेत दिएको छ।

    वेलायत अधिवेशनमा प्रवासी नेपालीहरूका समस्या, चासो र अवसरका विषयमा छलफल हुने अनुमान गरिएको छ। यसले प्रवासी समुदायलाई नेपालको राजनीतिमा थप नजिक ल्याउने तथा पार्टीको वैचारिक दृष्टिकोणलाई अन्तर्राष्ट्रिय रूपमा विस्तार गर्ने अवसरको रुपमा हेरिएको छ। त्यस्तै, कतार राष्ट्रिय कमिटीको कार्यक्रममा महासचिवको उपस्थिति विशेष अर्थपूर्ण मानिएको छ। 

    मध्यपूर्वमा कार्यरत लाखौँ नेपाली श्रमिकका हकहित, सुरक्षामाथि केन्द्रित छलफल र रणनीति निर्माणमा यस भ्रमणले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। एमालेले पछिल्लो समय प्रवासी भातृ संगठनहरूलाई सुदृढ बनाउने र अन्तर्राष्ट्रिय समुदायसँग सशक्त समन्वय स्थापित गर्ने नीति अघि सारेको छ। यस्ता भ्रमणहरूले राष्ट्र निर्माणमा प्रवासी नेपालीहरूको भूमिका बढाउने मात्र होइन, नेपालको अन्तर्राष्ट्रिय छवि उज्यालो बनाउन पनि सघाउने विश्वास गरिएको छ।

    महासचिव पोखरेल र शाक्यको यो भ्रमणले प्रवासी नेपालीबीच एकता, सहभागिता र राष्ट्रिय सरोकारप्रति उत्तरदायित्वको भावना अझ प्रगाढ बनाउने अपेक्षा गरिएको छ ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend