Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पूर्वमुख्यमन्त्री चौधरी र गभर्नर पौडेल बीच भेट: लुम्बिनीको समग्र विकासका लागि राष्ट्र बैंकको सहकार्य आवश्यक


४, असार २०८२
  • 159
    SHARES
  • पूर्वमुख्यमन्त्री चौधरी र गभर्नर पौडेल बीच भेट: लुम्बिनीको समग्र विकासका लागि राष्ट्र बैंकको सहकार्य आवश्यक

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल र लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता माननीय डिल्ली बहादुर चौधरीबीच शिष्टाचार भेटघाट सम्पन्न भएको छ ।

    भेटमा लुम्बिनी प्रदेशको समग्र विकास, विशेषतः स्वास्थ्य र खानेपानीको पूर्वाधार विस्तारमा नेपाल राष्ट्र बैंकको सहकार्य र सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सहयोग आवश्यक रहेको विषयमा गम्भीर छलफल भएको हो ।

    पूर्वमुख्यमन्त्री चौधरीले लुम्बिनी प्रदेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सशक्त बनाउने कार्यमा संघीय निकायहरूको नीतिगत तथा आर्थिक सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै राष्ट्र बैंकजस्तो संस्थाले प्रदेश विकासमा जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो ।

    गभर्नर पौडेलले पनि राष्ट्र बैंक सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रममार्फत स्वास्थ्य र आधारभूत सेवा क्षेत्रमा लुम्बिनीलाई प्राथमिकता दिन सकिने संकेत गर्नुभयो । यो भेटले प्रदेश–केन्द्र सहकार्यको मार्ग खुला गर्दै आगामी दिनमा लुम्बिनीको पूर्वाधार विकासमा सकारात्मक टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend