Logo

Oct 02 2026 | २०८३, असोज १६गते

लोकप्रिय

लोकप्रिय

आर्थिक सुधार र संविधान कार्यान्वयन सही मार्गमा, प्रतिपक्षको व्यवहार अचम्म : अर्थमन्त्री पौडेल


३१, असार २०८२
  • 173
    SHARES
  • आर्थिक सुधार र संविधान कार्यान्वयन सही मार्गमा, प्रतिपक्षको व्यवहार अचम्म : अर्थमन्त्री पौडेल

    काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको बजेट र मौद्रिक नीतिले आगामी वर्षमा छ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने विश्वास व्यक्त गरेका छन्। उनले ऊर्जा, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, उद्योगलगायत क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिएको र यसले अर्थतन्त्रलाई चलायमान बनाउने दाबी गरे । 

    लगानीमैत्री वातावरण बनाउन कानुनी तथा नीतिगत सुधार गरिएको उल्लेख गर्दै उनले भन्सार, निजीकरण, आर्थिक ऐनलगायत विभिन्न कानुन संशोधन भएको जानकारी दिए। आर्थिक सूचकमा सुधार भएको जनाउँदै उनले चालु आर्थिक वर्षमा ४.६१ प्रतिशत आर्थिक वृद्धि, विप्रेषण, विदेशी मुद्रा सञ्चिति तथा पुँजीगत खर्चमा उल्लेख्य वृद्धि भएको बताए ।

    संसदीय अभ्यासमा प्रतिपक्षको भूमिका अपरिपक्व रहेको भन्दै पौडेलले तथ्य र तर्कमा आधारित विपक्षी भूमिका आवश्यक रहेको धारणा राखे। संविधान कार्यान्वयन सही दिशामा अघि बढेको भन्दै उनले बाँकी सुधार क्रमिक रूपमा अगाडि बढाइने स्पष्ट पारे। उनले संविधान परिष्कृत गर्न राजनीतिक सहमतिमा आधारित संशोधन आवश्यक रहेको बताए ।

    संघीयतालाई संस्थागत गर्न सरकारले समन्वयात्मक ढंगले काम गरिरहेको जनाउँदै उनले कमजोरी सच्याउँदै अघि बढ्नुपर्ने बताए। सामाजिक सञ्जालमा पुरानो व्यवस्थाको पक्षपोषणलाई निराशाजनक भन्दै उनले लोकतान्त्रिक प्रणालीमाथि विश्वास गर्न आग्रह गरे। समग्रमा, सरकारको कामको मूल्याङ्कन जनताबाट हुने भन्दै उनले देशलाई समृद्धितर्फ लैजान सरकार प्रतिबद्ध रहेको जनाए ।

  • रुपन्देही-२ मा चुन्नप्रसाद शर्मा पौडेललाई सर्वाधिक मत

    रुपन्देही । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी आन्तरिक निर्वाचन तथा प्रतिनिधि चयन प्रक्रियामा रुपन्देही निर्वाचन

  • “परिवर्तनको संवाहक” अमरसिंह पुन : कांग्रेस महामन्त्रीमा किन उम्मेदवार ?

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले केन्द्रीय महामन्त्री

  • लोकप्रिय मतसहित निर्वाचित निर्मला क्षेत्रीको प्रतिबद्धता : “एक-एक मतको सम्मान कर्मबाट गर्नेछु”

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मतसहित निर्वाचित नेपाली कांग्रेस

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend