Logo

Oct 02 2026 | २०८३, असोज १६गते

लोकप्रिय

लोकप्रिय

एमाले पोलिटब्युरो बैठक आज, एजेन्डा के-के छन्?


२, साउन २०८२
  • 136
    SHARES
  • एमाले पोलिटब्युरो बैठक आज, एजेन्डा के-के छन्?

    काठमाडौं ।  नेकपा (एमाले) को पोलिटब्युरो बैठक आज दिउँसो १ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ। सचिव योगेश भट्टराईका अनुसार यसअघि ११ बजेका लागि तय गरिएको बैठक दुई घन्टा ढिला गरी सुरु हुँदैछ ।

    आजको बैठकमा बिहीबार रातिसम्म बसेको सचिवालय बैठकले गरेका निर्णयहरूबारे छलफल र अनुमोदन गरिनेछ । सचिवालय बैठकले पार्टीको पदाधिकारी संख्या १९ बाट घटाएर १५ बनाउने, ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमालाई हटाउने, र सचिवालयको अवधारणा समाप्त गर्ने निर्णय गरिसकेको छ । अब पार्टीमा स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी मात्र रहनेछन् ।

    पार्टी उपाध्यक्ष गुरू बरालका अनुसार नेताहरूबीच लामो छलफलपछि यी विषयहरूमा सहमति जुटेको हो । आगामी राष्ट्रिय महाधिवेशनमा यी संरचनात्मक परिवर्तनलाई प्रस्ताव गर्ने निर्णय भएको छ ।

    १५ पदाधिकारीको संरचनामा अध्यक्ष, महासचिव र उपमहासचिव एक–एक, उपाध्यक्ष पाँच र सचिव सात जना रहने अनौपचारिक सहमति भएको छ । यद्यपि अन्य पदहरू कसरी विभाजन गर्ने भन्नेमा औपचारिक निर्णय भइसकेको छैन ।

    विधान संशोधन समितिका संयोजक विष्णु पौडेलले ११ पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव गरेका थिए । तर नेताहरूको सुझावअनुसार पदाधिकारी संख्या १५ र केन्द्रीय सदस्य संख्या २५१ पुर्‍याइएको छ । अब केन्द्रीय कमिटीका एकतिहाइ सदस्य पोलिटब्युरो सदस्य रहनेछन्, जसअनुसार पोलिटब्युरो ८३ सदस्यीय हुनेछ । हाल पोलिटब्युरो ९९ सदस्यीय थियो ।

    उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार १५ पदाधिकारीलाई नै स्थायी कमिटीको रूपमा मान्ने निर्णय सर्वसम्मत रूपमा गरिएको छ । साथै, अब केन्द्रीय सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी हुनेछन् भने नयाँ थपिएका सदस्यहरू आयोजकको हैसियतमा मात्रै सहभागी हुनेछन् ।

    यी सबै निर्णयहरूलाई आजको पोलिटब्युरो बैठकले अनुमोदन गर्नेछ र असार ५ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा पेश गरिनेछ ।

     
     
     

  • रुपन्देही-२ मा चुन्नप्रसाद शर्मा पौडेललाई सर्वाधिक मत

    रुपन्देही । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी आन्तरिक निर्वाचन तथा प्रतिनिधि चयन प्रक्रियामा रुपन्देही निर्वाचन

  • “परिवर्तनको संवाहक” अमरसिंह पुन : कांग्रेस महामन्त्रीमा किन उम्मेदवार ?

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले केन्द्रीय महामन्त्री

  • लोकप्रिय मतसहित निर्वाचित निर्मला क्षेत्रीको प्रतिबद्धता : “एक-एक मतको सम्मान कर्मबाट गर्नेछु”

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मतसहित निर्वाचित नेपाली कांग्रेस

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend