Logo

Oct 02 2026 | २०८३, असोज १६गते

लोकप्रिय

लोकप्रिय

सभापति देउवाको दाबी: नेपाली कांग्रेस नै सच्चा समाजवादी पार्टी हो


५, साउन २०८२
  • 185
    SHARES
  • सभापति देउवाको दाबी: नेपाली कांग्रेस नै सच्चा समाजवादी पार्टी हो

    काठमाडौं l नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई सच्चा समाजवादी पार्टी भएको दाबी गर्दै पार्टीको सिद्धान्त र आदर्श नै आजको जमानामा सबैभन्दा सशक्त भएको बताएका छन् ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक सम्मान कार्यक्रममा बोल्दै देउवाले कांग्रेसको प्रजातान्त्रिक समाजवाद, समावेशिता र पुरानो राजनीतिक परम्पराको महत्त्व औँल्याए। कार्यक्रममा नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागले विशेष सम्मान कार्यक्रम आयोजना गरेको थियो ।

    सभापति देउवाले भने, “आजको जमानामा पार्टीको सिद्धान्त र आदर्श निकै महत्त्वपूर्ण कुरा हो। प्रतिस्पर्धी पार्टीहरूमध्ये हाम्रो पार्टीको नै सबैभन्दा राम्रो सिद्धान्त छ। हामी प्रजातान्त्रिक समाजवादको मार्गमा हिँडेको समाजवादी पार्टी हौं ।”

    उनले थपे, “कांग्रेस सबैभन्दा पुरानो पार्टी हो। हामीले अंगालेको आदर्श, सिद्धान्त र नीति देशव्यापी रूपमा बुझाउन आवश्यक छ। त्यसले गर्दा नेपाली कांग्रेसले अझै बहुमत प्राप्त गर्ने हैसियत राख्दछ ।”

    सभापति देउवाले वर्तमान संविधान समावेशी र समानुपातिक आधारमा बनेको उल्लेख गर्दै नेपाली कांग्रेसले सबै वर्ग, जात, जनजातिलाई समेट्दै अघि बढ्नुपर्ने बताए ।

    उनको भनाइमा, “आदिवासी जनजाति, दलित, महिला, मुस्लिम लगायत सबै वर्गका नागरिकलाई कांग्रेसमा समेट्न जरुरी छ। हाम्रो पार्टीले समावेशी सिद्धान्तको नेतृत्व गर्न सक्ने शक्ति राख्दछ ।”

    कार्यक्रममा सहभागी नेताहरूले पनि कांग्रेसलाई विचार र मूल्यमा बलियो पार्टीको रूपमा चिनाउँदै समाजवाद र लोकतन्त्रको संरक्षण र प्रवर्द्धनमा जोड दिए ।

  • रुपन्देही-२ मा चुन्नप्रसाद शर्मा पौडेललाई सर्वाधिक मत

    रुपन्देही । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी आन्तरिक निर्वाचन तथा प्रतिनिधि चयन प्रक्रियामा रुपन्देही निर्वाचन

  • “परिवर्तनको संवाहक” अमरसिंह पुन : कांग्रेस महामन्त्रीमा किन उम्मेदवार ?

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले केन्द्रीय महामन्त्री

  • लोकप्रिय मतसहित निर्वाचित निर्मला क्षेत्रीको प्रतिबद्धता : “एक-एक मतको सम्मान कर्मबाट गर्नेछु”

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मतसहित निर्वाचित नेपाली कांग्रेस

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend