Logo

Oct 02 2026 | २०८३, असोज १६गते

लोकप्रिय

लोकप्रिय

कांग्रेस बागमती संसदीय दलको बैठक आज १ बजे, मुख्यमन्त्री लामाको भविष्यको निर्णय हुने


१२, साउन २०८२
  • 93
    SHARES
  • कांग्रेस बागमती संसदीय दलको बैठक आज १ बजे, मुख्यमन्त्री लामाको भविष्यको निर्णय हुने

    काठमाडौं ।  नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलमा देखिएको आन्तरिक विवाद आज टुंगो लाग्ने भएको छ। दलको बैठक सोमबार दिउँसो १ बजे बस्दैछ। किचलो समाधान गर्नका लागि पार्टी सभापति शेरबहादुर देउवाले राजन केसीलाई विशेष दायित्व दिँदै हेटौंडा पठाएका छन् ।

    हाल संसदीय दलको नेताको भूमिकामा रहेका मुख्यमन्त्री बहादुर सिंह लामा अल्पमतमा परेका छन्। इन्द्रबहादुर बानियाँको नेतृत्वमा २१ जना सांसदले लामाविरुद्ध हस्ताक्षर गरिसकेका छन्। कांग्रेसका ३७ प्रदेशसभा सदस्यमध्ये लामाको पक्षमा हाल १६ सांसद मात्र रहेको जनाइएको छ ।

    दलको नेतामा टिकिरहन लामा पक्षले कम्तीमा थप तीन सांसदको समर्थन जुटाउनुपर्नेछ। लामा आफू प्रतिस्पर्धा गर्न तयार रहेको बताउँदै सांसदहरूको समर्थन जुटाउन सक्रिय छन्। पछिल्ला दिनमा उनले केही सांसदहरूलाई मन्त्री बनाउने प्रलोभनसमेत देखाएको चर्चा समेत सार्वजनिक भएको छ ।

    आजको बैठकबाट कांग्रेस संसदीय दलको नेतृत्व परिवर्तन हुने या लामा यथावत् रहने भन्ने टुंगो लाग्नेछ। बागमती प्रदेशको सत्ता समीकरणमा समेत यस निर्णयले ठूलो असर पार्नेछ ।

     
     

  • रुपन्देही-२ मा चुन्नप्रसाद शर्मा पौडेललाई सर्वाधिक मत

    रुपन्देही । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी आन्तरिक निर्वाचन तथा प्रतिनिधि चयन प्रक्रियामा रुपन्देही निर्वाचन

  • “परिवर्तनको संवाहक” अमरसिंह पुन : कांग्रेस महामन्त्रीमा किन उम्मेदवार ?

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले केन्द्रीय महामन्त्री

  • लोकप्रिय मतसहित निर्वाचित निर्मला क्षेत्रीको प्रतिबद्धता : “एक-एक मतको सम्मान कर्मबाट गर्नेछु”

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मतसहित निर्वाचित नेपाली कांग्रेस

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend