Logo

Oct 02 2026 | २०८३, असोज १६गते

लोकप्रिय

लोकप्रिय

राजनीतिमा आउन हिम्मत चाहिन्छ, म पनि हिम्मत गरेर आएकी हुँ — परराष्ट्रमन्त्री आरजू राणा


१४, साउन २०८२
  • 194
    SHARES
  • राजनीतिमा आउन हिम्मत चाहिन्छ, म पनि हिम्मत गरेर आएकी हुँ — परराष्ट्रमन्त्री आरजू राणा

    पोखरा  l परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले राजनीतिमा लाग्न हिम्मत आवश्यक हुने बताउँदै आफूले पनि त्यही साहसका साथ राजनीतिमा प्रवेश गरेको स्पष्ट पारिन् ।

    बुधवार पोखराको लेकसाइडमा अंशुब्रम्हा ग्रुपले संचालनमा ल्याएको बगैंचा रिसोर्टको उद्घाटन समारोहमा बोल्दै उनले भनिन्, "म राजनीतिमा ढिलो लागेकी हुँ, सुरुमा व्यापार गरेर सफल भएँ र त्यसपछि मात्र राजनीतिमा आएँ ।"

    गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापा अध्यक्ष रहेको कार्यक्रममा मन्त्री राणाले वर्तमान सरकारको स्थायित्व र सशक्त सत्ता समीकरणको बचाउ गरिन्। उनले भनिन्, “कांग्रेस र एमालेको सत्ता समिकरणले देशलाई अगाडि बढाएको छ। देउवा र ओलीको नेतृत्वले नेपाललाई अन्तर्राष्ट्रिय रुपमा पत्यारिलो बनाएको छ ।”

    नेपालमा ‘केही भएन’ भन्ने सोचलाई नकारात्मक भन्दै उनले नेपालमा धेरै परिवर्तन र विकास भएको दाबी गरिन्। साथै, विदेश गएर श्रम गर्नुभन्दा आफ्नै देशमा इज्जतका साथ काम गर्न उनले युवाहरुलाई आग्रह गरिन् ।

    जलवायु परिवर्तनका सन्दर्भमा बोल्दै मन्त्री राणाले उत्तर र दक्षिणतर्फ बाढीको असर देखिन थालेको समाचारहरूप्रति चिन्ता व्यक्त गर्दै नेपालले पनि सतर्कता अपनाउनुपर्नेमा जोड दिइन् ।

  • रुपन्देही-२ मा चुन्नप्रसाद शर्मा पौडेललाई सर्वाधिक मत

    रुपन्देही । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी आन्तरिक निर्वाचन तथा प्रतिनिधि चयन प्रक्रियामा रुपन्देही निर्वाचन

  • “परिवर्तनको संवाहक” अमरसिंह पुन : कांग्रेस महामन्त्रीमा किन उम्मेदवार ?

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले केन्द्रीय महामन्त्री

  • लोकप्रिय मतसहित निर्वाचित निर्मला क्षेत्रीको प्रतिबद्धता : “एक-एक मतको सम्मान कर्मबाट गर्नेछु”

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मतसहित निर्वाचित नेपाली कांग्रेस

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend