Logo

Oct 02 2026 | २०८३, असोज १६गते

लोकप्रिय

लोकप्रिय

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच छलफल, मन्त्री फेरबदलको सम्भावना


१५, साउन २०८२
  • 170
    SHARES
  • बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच छलफल, मन्त्री फेरबदलको सम्भावना

    काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) का शीर्ष नेताहरूबीच महत्वपूर्ण बैठक जारी रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहित दुवै दलका वरिष्ठ नेताहरू सहभागी छलफल अहिलेको राजनीतिक परिस्थिति र सरकारको पुनःसंरचना सम्बन्धी विषयमा केन्द्रित रहेको बताइएको छ ।

    हाल एमाले, कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मन्त्रीहरूबीच फेरबदलको चर्चा चलिरहेका बेला भएको यो बैठकले सत्ता साझेदारी र भावी रणनीतिका विषयमा ठोस निर्णय लिन सक्ने संकेत गरिएको छ। सत्ता सन्तुलन, सरकार सञ्चालनमा प्रभावकारिता र दलहरूबीचको समन्वयलाई ध्यानमा राख्दै मन्त्रीपरिषद् पुनर्गठनको सम्भावनालाई गम्भीरतापूर्वक लिइएको जनाइएको छ ।

    बैठकको औपचारिक निष्कर्ष भने अझै सार्वजनिक गरिएको छैन। तर स्रोतका अनुसार, नेताहरूबीच मन्त्रिपरिषदमा भागबन्डा, प्रभावकारी कार्यसम्पादन र गठबन्धनको दीर्घकालीन स्थायीत्वका विषयमा गम्भीर छलफल भइरहेको छ ।

  • रुपन्देही-२ मा चुन्नप्रसाद शर्मा पौडेललाई सर्वाधिक मत

    रुपन्देही । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी आन्तरिक निर्वाचन तथा प्रतिनिधि चयन प्रक्रियामा रुपन्देही निर्वाचन

  • “परिवर्तनको संवाहक” अमरसिंह पुन : कांग्रेस महामन्त्रीमा किन उम्मेदवार ?

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले केन्द्रीय महामन्त्री

  • लोकप्रिय मतसहित निर्वाचित निर्मला क्षेत्रीको प्रतिबद्धता : “एक-एक मतको सम्मान कर्मबाट गर्नेछु”

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मतसहित निर्वाचित नेपाली कांग्रेस

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend